काठमाडौं । चिनियाँ विद्युतीय कार नामीको पहिलो मोडेल नामी ०१ नेपाली बजारमा आएको १ वर्ष पूरा भएको छ ।
नामी ०१ सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा डेब्यु गरेको थियो । केबल १ वर्षमै नामीले नेपालभर आफ्नो उपस्थिति विस्तार गर्दै छोटो समयमै नेपालको सबैभन्दा सफल ईभीमध्ये एक बनेको छ।
यस उपलब्धीले नामीलाई इलेक्ट्रीक ह्याचब्याक सेग्मेन्टको अग्रणीको रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ ।
नामी ०१ मा सेग्मेन्टमै पहिलो पटक फ्रेमलेस डुअर, फ्लस डोर ह्यान्डल, वेलकमिङ र मेमोरी सिट, अटो पार्किङ सुविधा र टेबलटप सहितको ड्रएर जस्ता फिचर छन् ।
साथै, १२.८ इन्चको उन्नत इन्फोटेन्मेन्ट प्रणाली र अत्याधुनिक ड्राइभर असिस्टेन्स फिचरसहित यसले आफ्नो प्राइस रेन्जमा उत्कृष्ट स्टाइल, प्रविधि र प्रदर्शन पेश गरेको छ ।
नामी ०१ ले उपयुक्त मूल्यसँग संयोजन गर्दा ग्राहकहरूले नवीनता र गुणस्तरलाई कदर गर्छन् भन्ने समेत देखाएको छ। एक वर्ष बितिसक्दा पनि यसको मूल्य कम्पेटिटिभ छ । किनकि आजको बजारमा थोरै मात्र ईभीहरूले यति किफायती मूल्यमा यति धेरै प्रिमियम सुविधाहरू प्रदान गर्न सक्छन्।
एमएडब्लू वृद्धिका सीईओ प्रशन्न पन्तले नामी ०१ को १ वर्षको यात्रा साँच्चै नै उल्लेखनीय रहेको बताए ।‘नामीसँगको यो एक वर्षको यात्रा साँच्चै नै उल्लेखनीय रह्यो। हामीप्रति विश्वास राख्नु हुने सबै ग्राहकहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ, र हामी नेपालमा नवीन र दिगो मोबिलिटी सोलुसन्स निरन्तर ल्याइरहने छौं,’ उनले भने ।
नामी ०१ को १ वर्ष पूरा गर्दा कम्पनीले नेपाली बजारमा दोस्रो मोडल पनि भित्र्याएको छ । कम्पनीले गत साता मात्रै कम्प्याक्ट इलेक्ट्रीक एसयूभी सेग्मेन्टमा नयाँ कार ‘नामी भिगो’ सार्वजनिक गरेको हो ।

