काठमाडौं । चिनीयाँ कम्पनी सिएफ मोटोका उत्पादन नेपालमा विक्री सुरु भएको लामो समय भइसकेको छ । कम्पनीले नेपालमा १२५ सीसीदेखि ६५० सीसीसम्मका मोटरसाइकल विक्री गर्दै आएको भएपनि कुनै पनि मोडलले नेपालमा राम्रो व्यापार गर्न सकिरहेको छैन ।
भारत बाहेक अन्य मुलुकबाट आयात हुने मोटरसाइकलहरु नेपाली बजारमा राम्रो व्यापर गर्न असफल हुँदै आएका छन् । मूल्यका हिसावले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने देखिएपनि सिएफ मोटोका उत्पादनले उल्लेख्य सफलता पाउन भने सकेका छैनन् ।
यस्तोमा हामीले सिएफ मोटो २५० एनकेमा रहेका फिचर र मूल्यको संयोजनालाई यहाँ केलाउने प्रयास गरेका छौं । २५० एनकेको मूल्य ५ लाख २५ हजार ५०० रुपैयाँ रहेको छ ।

उत्कृष्ट डिजाइन सिएफ मोटोको मुख्य विशेषता हो । २५० एनके पनि निकै आकर्षक डिजाइनमा तयार भएको छ । दुबै चक्कामा हाइड्रोलिक डिस्क ब्रेक, अगाडि रिट्याक्टेवल र पछाडि क्यान्टिलिभर सस्पेन्स रहेको २५० एनके एक उत्कृष्ट मोटरसाइकल हो । यसमा दुबै चक्का १७ इन्चको प्रयोग गरिएको छ ।
यसमा १५० एमएमको ग्राउन्ड क्लियरेन्स, १२.५ लिटरको इन्धन ट्याङ्की, सिल्भर र व्ल्याक कलर यो मोटरसाइकलको अर्को आकर्षण हो ।
२५० एनकेमा २४९ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर स्टोक, लिक्वीड कुल्ड, भर्टिकल टाइप, फोर भल्भ, डिओएचसी व्यालेन्स सिफ्ट इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ९२०० आरपीएममा २६ बीएच पावर र ७३०० आरपीएममा २२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स उपलब्ध रहेको छ । यसको टप स्पीड क्षमता १२८ किलोमिटर प्रतिघन्टा रहेको छ ।

