नाडा अटो शोमा सीएफ मोटोले ल्याउँदै दुई नयाँ बाइक, यस्तो छ मूल्य

काठमाडौं । चिनियाँ मोटरसाइकल उत्पादक कम्पनी सीएफ मोटोको लागि नेपालको आधिकारीक बितरक एन्ना इन्टरनेशनल प्राइभेट लिमिटेडले नाडा अटोशोमा ४०० जीटी सार्वजनिक गर्ने भएको छ । कम्पनीले अटोशोमा ल्याउने भएको  यो एड्भेन्चर टुरर मोटरसाइकल करिब ८ लाख नेपाली रुपैयाँमा सार्बजनिक हुने अनुमान लगाइएको छ ।

यो मोटरसाइकलमा ४००.४ सीसी लिक्वीड कुल्ड प्यारालल ट्वीन इन्जिनको प्रयोग गरिएको छ । यसमा उपलब्ध इन्जिनले ९५०० आरपीएममा ४२.२ पीएस पावरका साथै ७६५० आरपीएममा ३६.५  एनएम टर्क उत्पादन गर्छ ।

२२६ किलोग्रामको मोटरसाइकलमा १९ लिटर फ्युल ट्यांकी लगाइएको छ । यसमा डबल एलएडी हेडल्याम्प, फोर एडजस्टेबल मोड, ६० एमएमको एडजस्टेबल विन्डशिल्ड, टिएफटी डिस्प्ले दिइएको छ । यसमा टुअरिंग र स्पोर्ट दुइ ओटा मोड दिइएको छ ।

मोटरसाइकलममा एलइडी हेडल्याम्प, रियिर भ्यु मिरर माउन्टेड, स्टाडर्ड एबीएसको विशेषता दिइएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा सीएफ मोटोले निक्कै महङ्गा मोटरसाइकलको बिक्री गर्दै आएको छ । कम्पनीले ४०० एन के, ६५० एमटी, २५० एनके, १५० एनके जस्ता बाइक बिक्री गर्दै आएको छ । 

यसका साथै कम्पनीले यही नाडा अटो शोमा अर्को नयाँ बाइक पनि सार्वजनिक गर्ने बताएको छ । कम्पनीले यसको बारेमा भने कुनै आधिकारीक जानकारी दिएको छैन । कम्पनीका अनुसार अटो शोमा ग्राहकहरुलाई सर्प्रइज स्वरुप नयाँ बाइक सार्वजनिक गर्ने जनाएको छ ।


Back_to_top