काठमाडौं । सीएफमोटोले भारतीय बजारमा रि-इन्ट्री गर्ने भएको छ । चिनियाँ मोटरसाइकल कम्पनी सीएफमोटोले अन्तर्राष्ट्रिय बजारमा आक्रामक बिस्तार गर्ने रणनीति अनुसार भारतमा पुनरागम गर्ने भएको हो ।
कम्पनीले २०२५ को मध्यसम्ममा ४५०-एमटी मोटरसाइकलको बिक्री सुरू गर्ने तयारी थालेको हो । यसअघि सन् २०१९ मा सीएफमोटोका मोटरसाइकलहरू भारतीय बजारमा बिक्री बितरण भइरहेको थियो ।
भारतमा बीएस-६ मापदण्ड लागू भएसँगै सीएफमोटोले आफ्नो अप्रेशन बन्द गरेको थियो । हैदरावाद वेस एएमडब्लू मोटरसाइकलले सीएफमोटोका उत्पादन २०२५ को मध्यसम्ममा बजारमा उतार्ने भएको हो । यसअघि पनि सोही कम्पनीले मोटरसाइकल बिक्री गर्दै आएको थियो । कम्पनीले सीएफमोटोका मोटरसाइकल भारतमै एसेम्बल गर्नेछ ।
सीएफमोटोले भारतमा आफ्नो पहिलो मोडलको रुपमा सार्वजनिक गर्ने ४५० एमटी नेपाली बजारमा बिक्री भइरहेको मोटरसाइकल हो । एड्भेन्चर मोटरसाइकल ४५०-एमटी नेपालमा गत नाडा अटो शोमा सार्वजनिक भएको थियो । पछिल्लो समय राम्रै चर्चा पाइरहेको यो मोटरसाइकलको नेपालमा १२ लाख ५० हजार रुपैयाँमा बिक्री हुँदै आएको छ ।
सीएफमोटो ४५०-एमटी अत्याधुनिक फिचर तथा टेक्नोलोजी भएको एड्भेन्चर मोटरसाइकल हो । ४५०-एमटी एड्भेन्चरमा ४४९ सीसी, ट्वीन सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ४४ हर्षपावर तथा ४४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
४५०-एमटी मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, डबल च्यानल स्विचऐवल एबीएस, ५ इन्च टिएफटी डिस्प्ले, यूएसबी पोर्ट, कायाबा एडजष्टेवल यूएसडी फर्क, एड्जष्टेवल सिट जस्ता फिचर पाउन सकिन्छ ।
४५०-एमटीमा २१ र १८ इन्च स्पोक ह्वील दिइएको छ । कम्पनीले यसमा ट्यूवलेस स्पोक ह्वीलको प्रयोग गरेको छ ।


