सिजी मोटर्सले हिरोका ४ मोडलसहित बजारमा इन्ट्री गर्दै

काठमाडौं । हिरो मोटोकर्पका उत्पादनको आधिकारीक बिक्रेता लिएको सिजी मोटर्सले ४ मोडलसहित बजारमा इन्ट्री गर्न लागेको हो । डिलरसिप लिएको लामो समय भएपनि ज्योति समूहको मुद्दाको कारण ढिलोगरी मोटरसाइकल लन्च गर्न लागेको हो ।

कम्पनीले आगामी बैशाख ३ गतेबाट हिरोका मोटरसाइल आधिकारीक रुपमा बिक्री थाल्न लागेको हो । कम्पनीले बिक्री सुरु गर्ने क्रममा नयाँ मोडलसहित बजार प्रबेशको तयारी गरेको छ ।

‘जुम स्कुटर विल्कुलै नयाँ मोडल हुनेछ । यसका अलावा एक्सपल्स २०० को अपग्रेड मोडल पनि ग्राहकको लागि नयाँ हुनेछ’, सिजी मोटर्स स्रोतले भन्यो ।

कम्पनीले जुम स्कुटर र एक्सपल्स एड्भेन्चर मोडल बाहेक पनि सुपर स्प्लेन्डर र स्प्लेन्डर प्लस मोडललाई सुरुमा नै लन्च गर्ने जनाएको छ । आफ्नो लाइनअपका सबैभन्दा सफल ४ मोडलपछि क्रमशः अन्य मोडलहरु बजारमा ल्याउने कम्पनीको तयारी छ ।

अर्को साताबाट पार्टस् पाइने

ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ प्रालिले पार्टस् र वारेन्टी दुबै दिन नसक्ने भन्दै सूचना जारी गरेसँगै बजारमा हिरोका स्कुटर चढ्नेहरुको आक्रोस निकै बढी रहेको छ ।

यसबीचमा सिजी मोटर्सले आगामी साताबाट बजारमा पाट्स सर्बसुलभ तरिकाले उपलब्ध हुने जनाएको छ ।

‘हामीले पार्टस्हरु ल्याएका छौं । हाम्रो नेटवर्कहरु पनि तयार भएका छन् । सबै नेटवर्कमा आगामी साताबाट उपभोक्ताले पार्टस् खरिद गर्न सक्नेछन् ।


Back_to_top