काठमाडौं । नेपालका लागि आयोनको आधिकारिक बिक्रेता सीजी मोटर्सले पोखरामा आफ्नो नयाँ मल्टिब्राण्ड आउटलेट संचालनमा ल्याएको छ ।
गण्डकी प्रदेश कृषि, भूमि तथा सहकारीमन्त्री भीम कार्कीले उक्त शोरुमको उद्घाटन गरेका हुन् ।
उक्त मल्टि ब्राण्ड शोरुममा ग्राहकले एउटौ छाना मुनि तीन वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नेछन् ।
ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटले सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राइभ तथा बिक्रीपछिको सेवासहित सहज र व्यवस्थित ग्राहक अनुभव गर्नेछ ।
यसले उपत्यकाबाट बाहिर पनि विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्ने सीजी मोटर्स को प्रतिबद्धतालाई थप बल प्रदान गरेको छ । यो विस्तारले नेपालमा स्मार्ट, दियो र प्रभावकारी मोबिलिटी समाधान तर्फ बढीरहेको यात्राको महत्वपूर्ण कदम हो ।
पश्चिमाञ्चल अटोमाबइल्स डिलर्स एशोसियनका अध्यक्ष दीपेन्द्र कोइरालाले सीजी मोटर्स प्रालिले उपत्यकाबाट बाहिर पनि ईभीको विस्तारमा योगदान पुर्याएको बताए ।
देशैभर फैलिएको २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्क मार्फत सीजी मोटर्सले ग्राहकहरूको विश्वासलाई अझ मजबुद बनाउँदै सहजता, पहुँच र भरपर्दो चाजिङ सुविधा सुनिश्चता प्रदान गदै आइरहेको छ ।


