नेपाल आयो चांगन ‘हन्टर’, जनवरीबाट विक्री सुरु हुने

काठमाडौं । नेपालका लागि चांगन अटोमोबाइलको आधिकारीक वितरक एमएडब्लू वृद्धिले नयाँ डबल क्याब फोर ह्वील पीकअप नेपाल ल्याएको छ । झट्ट हेर्दा नै आकर्षक लाग्ने डबल क्याब पीकअप ‘हन्टर मोडल’ हो ।

निकै प्रिमियम फिचरको साथ आएको हन्टर देख्दा आकर्षक मात्र छैन, फिचर लोडेड पनि छ । अत्याधुनिक क्याविन भएको हन्टरमा १० इन्चको डिजिटल इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर तथा एसी कन्ट्रोल सिस्टम, टायर प्रेशर मोनिटर, रिमोट कन्ट्रोल कि, किलेस इन्ट्री, रियरसिट सेन्टर आर्मरेष्ट जस्ता प्रिमियम एसयूभीमा पाइने फिचर उपलब्ध छन् ।

ड्राइभिङ प्लेजर र सुरक्षित यात्राको लागि यो पीकअपमा क्रुज कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, ब्रेक असिस्ट सिस्टम, ट्रयाक्सन कन्ट्रोल सिस्टम, रियर डिफ्रेन्सीयल लक, ओभर स्पीड रिमान्डर, ६ वटा एयरव्याग, डाइनामीक गाइडलाइन सहितको रिभर्स क्यामेरा, हाइड्रोलीक पावर स्टेरिङ ह्वील पाउन सकिन्छ । यसमा रहेको स्टेरिङलाई चालकको उचाइ अनुसार तलमाथि एड्जस्ट गर्न सकिन्छ ।

चांगनको हन्टरमा १.९ लिटरको भेरीएवल जीयोमेट्री १६ भल्भ, टर्बो चार्ज्ड डिजेल इन्जिन उपलब्ध छ । उक्त इन्जिनले १५० हर्सपावर तथा ३५० एनएम टर्क जेनेरेट गर्छ । हन्टरमा १ टनको कार्गो पेलोड तथा ३.५ टनको टोइङ क्यापासिटी रहेको छ । यो पीकअपमा ६ स्पीडको अटोमेटीक गियरबक्स रहेको छ । अफरोडको लागि उपयुक्त हन्टरमा १८ इन्चको आलुमोनियम ह्वील तथा सेग्मेन्टमै सबैभन्दा धेरै २३० एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

आगामी महिनाबाट विक्री सुरु गर्ने लक्ष्य लिएर एमएडब्लू वृद्धिले यसलाई नेपालका विभिन्न बाटोहरुमा परिक्षण सुरु गरेको छ । कम्पनीले यसको मूल्य अहिल्यै निर्धारण गरिसकेको छैन ।

‘हामी परिक्षणको क्रममा छौं । आगामी महिनाबाट विक्री सुरु गर्ने लक्ष्य छ । अबको केही दिनपछि यसका सबै फिचर र मूल्य घोषणा गर्छौ’, एमएडब्लू वृद्धिका डेपुटी जनरल म्यानेजर प्रसन्न पन्तले मेरोअटोसँग भने ।

 

 


Back_to_top