काठमाडौं । विश्वको उदाउँदो अटोमोवाइल उत्पादक देश चीनले सन् २०२३ को पहिलो ६ महिनामा २३ लाख ४० हजार कार निर्यात गरेकोे छ । उक्त संख्या अघिल्लो वर्षको सोहि अवधिको भन्दा ७३ प्रतिशतले बढी हो ।
चीनले गरेको निर्यातमा ८ लाख यूनिट सवारीसाधन ‘न्यू इनर्जी भेहिकल’ हुन् । विश्वमा नै विद्युतीय कार उत्पादनलाई नेतृत्व गरिरहेको चीनको इन्टरनल कम्बस्चन इन्जिन भएका गाडीको निर्यात पनि निकै राम्रो छ ।
चीनले ६ महिनामा गरेको कुल निर्यातमा न्यू इनर्जी भेहिकलको हिस्सा ३४ प्रतिशत पुगेको छ । चीनमा बनेका न्यू इनर्जी भेहिकलको निर्यात अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा १०५ प्रतिशतले बृद्धि भएको हो ।
चीनले निर्यात गरेको विद्युतीय साधन प्यासेन्जर कार र कमर्शियल मोडल पनि छन् । कम्पनीले ७ लाख ७० हजार यूनिट प्यासेन्जर कार निर्यात गर्दा ३० हजारभन्दा बढी विद्युतीय कमर्शियल सवारीसाधन निर्यात गरेका छन् ।
चीनले निर्यात गरेका कारको औषत मूल्य २० हजार डलर रहेको छ । अघिल्लो वर्ष निर्यात भएका कारको औषत मूल्य १८ हजार डलर मात्रै थियो ।
चीनले आफ्ना उत्पादन सबैभन्दा धेरै पश्चिम यूरोप, मध्य पूर्वी एशिया, दक्षिण एशिया, बेल्जीयम, स्पेन, स्लाभेनिया, बेलायत जस्ता देशमा सबैभन्दा धेरै निर्यात गरेको छ ।


