साउन सुरु भएसँगै टाटा ‘जेन्युइन पार्टस्’को मूल्य घट्यो

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक सिप्रदी कम्पनीजले ‘जेन्युइन पार्टस’को मूल्य घटाएको छ । अहिलेको आर्थिक मन्दीमा ग्राहकलाई केही सहुलियत प्रदान गर्न मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ ।

सिप्रदी र टाटा मोटसर््को संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएको हो । अब ग्राहकवर्गहरुले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखि अवधारणा अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कशपहरुमा अनुभवी तथा दक्ष प्राविधिकबाट गाडीको चेकजाँच गर्ने र कम मूल्यमा जेन्यूइन पार्ट्सको प्रयोग गर्न पाउने छन् ।

समायोजित मूल्य यहि मिति २०८० श्रावण महिनाबाट नेपालभर रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क, सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस्को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको छ ।

साथै, सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५० हजार किलोमिटरसम्मको वारेन्टी पनि दिएको छ ।


Back_to_top