इलेक्ट्रीक टु ह्वीलर्समा चीनको चमत्कार, भारतीय कम्पनी चिन्तामा

इलेक्ट्रीक सवारी साधनको निर्माणमा अाक्रमक बनेको चीनले हालसम्म २ करोड ७० लाख टु ह्वीलर ई-भेइकल निर्माण गरेको छ । 

भारतमा इलेक्ट्रीक सवारी साधनबारे अध्ययन गर्दै आएका प्रोफेसर अशोक झुनझुनवाला भारतीय बजारमा करोडौं यूनिट ई–भेइकल निर्माण गरिरहेको चीनीयाँ उत्पादनको ठूलो प्रभाव पर्ने दाबी गर्छन् । चिनीयाँ प्रभाव रोक्न यथासिघ्र चाँडो ई–सवारी साधनको उत्पादन बढाउन भारतीय कम्पनीलाई उनले आग्रह गरेका छन् । 

‘चीनले इलेक्ट्रीक उत्पादनमा अर्बाै लगानी गरिरहेको छ । उत्पादन भैसेकेको ई–स्कुटर तथा मोटरसाइकल भारतीय बजारमा हाबी हुन सक्छन् । हामीले ई–भेइकलको निर्माण कार्य सुस्त गतिमा लागेका छौं, उनले भने । 

उनका अनुसार भारतमा हालसम्म दुई लाख दुई पाङग्रे इलेक्ट्रीक साधन निर्माण भएका छन् ।  गैर सरकारी संगठन ‘क्लाइमेट ट्रेडले’ आयोजना गरेको कार्यक्रममा झुनझुनवालाले चीनले उत्पादीत सवारी साधनको व्यापाक प्रचार गर्ने आशंका व्यक्त गरे । चीनको यो गतिले भारतीय अटो निर्माता कम्पनीलाई निक्कै ठूलो असर पर्ने बताउँदै उनले रोजगारीमा समेत प्रभाव पार्ने तर्क गरे । 

कार्यक्रममा सहभागी अन्य विशेषज्ञ तथा कम्पनी संचालकसमेत सो विषयले निक्कै चिन्तित बनेका छन् । उनीहरुले सरकारको अस्पष्ट नीतिका कारण ई–भेइकल निर्माणमा लाग्न नसकेको बताए । झुनझुनवालाले सहज चार्जिङ प्रक्रियाका कारण अटो बजारमा दुई पांङ्ग्रेप्रति आकर्षण बढ्दै गरेको टिप्पणी गरेका छन् ।

सपिङ नेटवर्क निर्माणबारे प्रकाश पार्दै उनले आइआइटी मद्रासले एक महिनाबीचमा तीन पाङग्रे सवारी सार्वजनिक गर्नुका साथै ब्याट्री सपिङ पाइलट प्रोजेक्ट सुरु गर्ने जानकारी दिए । साथै उनले देशभरका १ सय ५० शहरका प्रोजेक्ट सुचारु गर्ने बताएका छन् ।


Back_to_top