काठमाडौं । यातायात व्यवस्था विभागले दशैंको लागि उपत्यका बाहिर जाने यात्रुलाई मध्येनजर गर्दै भदौ २४ गतेदेखि टिकट बुकिङ खुल्ला गर्ने भएको छ ।
त्यसको लागि विभागले यातायात व्यवसायीहरुसँग छलफल गर्ने भउको छ । बिभिन्न यातायात क्षेत्रसँग सम्बन्धीत संघ–संस्थाको बैधानिकता सकिएको समयमा कसरी टिकट बुकिङ खुल्ला गर्ने भन्ने विषयमा ब्यवसायीसँग छलफल हुने विभागले जनाएको छ ।
विभागले घटस्थापनाको ठिक एक महिना अघि टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको छ । त्यसको लागि यातायात कम्पनीसँग छलफल गरेर चाँडै निस्कर्षमा पुग्ने विभागले तयारी गरेको छ । विगतमा जस्तै टिकट बुकिङ भने पुरानै काउन्टरबाट हुनेछ ।
विभागका अनुसार विगतमा जस्तो यातायात व्यवसायीले मनपरी रकम असुल्ने र अस्वस्थ प्रतिस्पर्धा गर्न पाउने छैनन् ।
महानगरिय ट्राफिक महाशाखाले यात्रुहरुलाई सेवा दिने उद्देश्यले प्रत्येक बसपार्कमा यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । यात्रुहरुले सहज रुपमा टिकट र यातायात सेवा पाउन् भन्ने उद्देश्यका साथ सहायता कक्ष राख्न लागिएको महाशाखाले जनाएको छ ।

