काठमाडौं । आजदेखि भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म रेल सेवा संचालनमा आउने भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र उनका समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा रेल सेवाको उद्घाटन गर्ने भएका हुन् ।
६०४ किलोमिटर लामो दूरीमा चल्ने यो रेल सेवा सातामा एकपटक संचालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्याको क्यान्टबाट सोमबार रेल छुट्ने छ ।
शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी, सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट छुट्ने रेल मंगलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ ।
उक्त रेल भारतको बिहार र उत्तर प्रदेश हुँदै संचालन हुनेछ । जसमा जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुरमा यात्रु चढाउने र ओराल्ने स्टेसन राखिएको छ ।
सीताको जन्मस्थल जनकपुरधाम र भगवान रामको जन्मस्थल अयोध्या जोड्ने यो रेल सेवा संचालनले दुवै देशका धार्मिक पर्यटन र यात्रुको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
नयाँ रेल सेवाले दुई देशबीचको यात्रु आवागमन विस्तार गर्नुका साथै धार्मिक पर्यटन, आर्थिक गतिविधि र आपसी सम्बन्धलाई थप मजबुत बनाउने रेल मन्त्रालयले जनाएको छ ।

