काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी सिट्रोनले आफ्नो पहिलो भारतीय उत्पादन सिट्रोन सी थ्रीको इलेक्ट्रीक भर्सन ई-सीथ्री लन्च गरेको छ ।
भारतीय बजारमा ई-सीथ्री लाइभ र फिल गरी दुईवटा भेरियन्ट लन्च गरेको हो । पेट्रोल सीथ्रीमा केही कस्मेटिक परिवर्तन भएको ई-सीथ्रीको लाइभ भेरियन्टको सुरुआती मूल्य११ लाख ५० हजार भारतीय रुपैयाँ तोकिएको छ ।

त्यस्तै फिलको १२ लाख १३ हजार, फिल भाइभको १२ लाख १८ हजार तथा फिल भाइभ डिउल टोनको १२ लाख ४३ हजार भारु रहेको छ । सिट्रोनले भारतका विभिन्न २५ वटा सहरमा २५ हजार रुपैयाँ तिरेर ई-सीथ्री बुकिङ गर्न सकिने जनाएको छ ।
सिट्रोनको ई-सीथ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । फ्रन्टह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ ।

सिट्रोनको ई-सीथ्रीको मोटरले यो ईभीलाई जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमीटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ । यो ईभीको टप स्पीड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ । सिट्रोनको ई-सीथ्रीमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड रहेको छ ।
एआरएआइका अनुसार इ-सीथ्रीले एक पटकको फुलचार्जमा ३२० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ । यो कारलाई रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुलचार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर ब्याट्री प्याकको वारेन्ट दिएको छ । त्यस्तै, यसमा दिएको इलेक्ट्रीक मोटरमा ५ वर्ष वा १ लाख किलोमीटरको वारेन्टी रहेको छ । कम्पनीले पूरै कारमा भने ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिएको छ ।


