काठमाडौं । जापानको ठूलो टेक्नोलोजी कम्पनी सोनी र होन्डाको संयुक्त लगानीमा ‘अफिला’ ब्राण्डको ईभी आउने भएको छ । यो ईभी कार सन् २०२५ सम्ममा विक्रीमा जाने अपेक्षा गरिएको हो ।
‘अफिला’ नाम अमेरिकाको लस भेगासमा भएको कन्जुमर इलेक्ट्रोनीक शोमा जेभीको सीईओ यासुहिदे मिजुनोले सोनीको प्रेस कन्फ्रेन्समा घोषणा गरेका थिए। कम्पनीको नयाँ ब्राण्ड नेमको घोषणासँगै यसको प्रोटोटाइप भर्सन ‘भिजन एस’कन्सेप्ट कार समेत देखाएको थियो ।
अहिले यो कार दक्षिण कोरियाको सबैभन्दा ठूलो भर्चुअल के-पप स्टार एपोकीको एनिमेसन गरिएको म्युजिक भिडियोमा देखा परेको छ। कम्पनीले यो ईभीलाई भर्चुअल के-पप स्टारको पहिलो एकल ‘मुड भी ५’ नामक म्युजिक भिडियोमा एनिमेटेड कलाकार र अफिलाको कन्सेप्ट कार देखाइएको छ ।
यो म्युजिक भिडियो कोरियाली प्राविधिक स्टार्टअप एफन इन्टरएक्टिभको सृजना हो ।

आगामी अफिला इलेक्ट्रीकको बारेमा धेरै खुलासा गरिएको भने छैन । तर, यसमा क्लाउड बेस सफ्टवेयर, लेभल थ्री अटोनोमी लगायत इन्टरटेनमेन्टका लागि आकर्षक फिचर्स समावेश हुनेछन् ।
यो कारमा सोनीको सेन्सरहरू तथा होन्डाको सेफ्टी भरपुर समिश्रण रहनेछ । कारको भित्र र बाहिर गरी ४५ वटा क्यामरा र सेन्सर जडान हुनेछन् । यसको इन्टेरियरमा जडान भएको राडार, सेन्सर तथा क्यामराले कार चालकको अवस्था सेन्स गर्ने छ । बाहिरी सेन्सर तथा क्यामराले सेफ्टीका साथै अटोनोमसलाई प्रभावकारी बनाउने छ ।
कारको इन्टेरियरमा सोनीको ‘वेस्ट इन क्लास इन्टरटेनमेन्ट सिस्टम’ जडान हुनेछ जसमा सिनेमा र म्युजिकको भरपुर आनन्द पाउन सकिन्छ ।


