दुई भेरियन्टमा नेपाल आउँदै सिट्रोन सीथ्री, कति पर्ला मूल्य ?

काठमाडौं । सिट्रोनको आधिकारीक विक्रेता साँग्रिला मोटर्सले विभिन्न दुई भेरियन्टमा सीथ्री नेपाल ल्याउने भएको छ । कम्पनीले अबको दुई साता भित्रै सीथ्री नेपाल ल्याउने भएको हो ।

फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा नै उत्पादन गरेको पहिलो कार सीथ्री कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नेपाल आउन लागेको हो । तर, यसको डिजाइन क्रसओभर देखिन्छ । सुरूवातमा नेपालमा लाइभ र फिल दुई भेरियन्ट नेपाल भित्रिने भएकाे हाे ।

सिट्रोन सीथ्रीमा १.२ लिटर नेचुरल्ली एस्पीरेडेड इन्जिन र १.२ लिटर टर्बो इन्जिन अप्सन पाउन सकिन्छ । कम्पनीले आधिकारीक रुपमा जानकारी नदिए पनि नेपालमा दुबै इन्जिन भएको सीथ्री आउने सम्भावना रहेकाे छ ।

सिट्रोनले दिएको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी १.२ लिटर टर्बो इन्जिनले ११० एचपी पावर र १९० एनएम टर्क प्रदान गर्नेछ । नेचुरल इन्जिनमा ५ स्पीड र टर्बो इन्जिनमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।

धेरै हदसम्म सिट्रोन सी फाइभबाट प्रेरित डिजाइन र फिचर यसमा पाउन सकिन्छ । स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ, विभिन्न ६ कलर अप्सन, भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्वील यसमा पाउन सकिन्छ ।

सिथ्रीको क्याविनमा १० इन्चको ठूलो इनफोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता फिचर स्टायडर्ड रुपमा आउने छन् ।

प्रिमियम ह्याचव्याक सेग्मेन्टमा आउने सीथ्रीको मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँसम्म रहने अनुमान गर्न सकिन्छ । यसको एकिन मूल्य थाहापाउन भने केही दिन कुर्नु पर्ने हुन्छ ।

कम्पनीले यो गाडीको मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँसम्म कायम गरेर विक्री गर्ने तयारी भएको जनाएको छ । भेरियन्ट अनुसारको मूल्य थाहापाउन भने अझै केही दिन कुर्नु पर्ने हुन्छ ।


Back_to_top