मिनी कारमा एमजी कोमेटको हिस्सा ६७ प्रतिशत, यस्तो छ अन्यको आयात

काठमाडौं । मिनी कारको बिक्री अत्यन्त कमजोर देखिएको छ । बजारमा थुप्रै ब्राण्डले साना कार उपलब्ध गराएपनि एमजी कोमेट बाहेक अन्य ब्राण्डका उत्पादनले खसै राम्रो गर्न सकेका छैनन् ।

गत आर्थिक वर्ष २०८०/८१ मा एमजी, सेरेस, विलिङ, हाउजी, चांगान लुमिन, लिपको टी–०३ जस्ता मोडल नेपाल प्रबेश गरेका थिए । तर, ती मध्ये एमजी कोमेटले मात्रै राम्रो संख्यामा आयात गरेको देखिन्छ । यो सेग्मेन्टमा एमजी कोमेटले ६७ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

गत भदौबाट नेपाल आएको एमजी कोमेट १० महिनाको अवधिमा २०७ यूनिट आयात भएको छ । दोस्रो धेरै आयात डिएफएसकेको ई-१ मिनी कार भएको देखिन्छ । कम्पनीले एक वर्षको अवधिमा ५१ यूनिट ई–१ मोडल नेपाल ल्याएको छ ।

विलिङ एयर मिनी ३६ यूनिट आयात हुँदा, हेनरी ईभी ८ यूनिट, चांगान लुमिन २ यूनिट र लिप टी–०३ को आयात दुई यूनिट भएको देखिन्छ ।


Back_to_top