साना ईभीमा कुन ब्राण्ड बलियो, यस्तो छ एक वर्षको आयात

काठमाडौं । कम्प्याक्ट ह्याचब्याक कार सेग्मेन्टमा टाटा, विलिङ, बीवाइडी, लीपमोटर र दायुन ब्राण्ड बीच प्रतिस्पर्धा थियो । यी सबै कम्पनीले सन् २०२५ मा विद्युतीय ह्याचब्याक कार नेपाल ल्याएर बिक्री गरे ।

फ्यामली ह्याचब्याक सेग्मेन्टमा लिइने यस्ता कारको आयात २०२५ को एक वर्षमा १ हजार ५२० युनिट भयो । जसमा सबैभन्दा धेरै आयात बीवाइडीले एटो वान गरेको देखिन्छ ।

नेपाली बजारमा साइमेक्स इंक प्रालिले सबैभन्दा पछि उपलब्ध गराएको एटो वान सेप्टेम्बरदेखि डिसेम्बरसम्ममा ८३० युनिट आयात भएको छ । जसले सेग्मेन्टमा ५४.६ प्रतिशत हिस्सा लिन सफल भएको हो ।

यो सेग्मेन्टमा निरन्तर सफल मानिएको टाटा टियागो ईभी दोस्रो भएको छ । टियागो ईभी एक वर्षको अवधिमा ३९५ युनिट आयात भएको देखिन्छ । सिप्रदी ट्रेडिङको इन्ट्री लेबल ह्याचब्याक सेग्मेन्टमा २६ प्रतिशत बजार हिस्सा देखिन्छ ।

लक्ष्मी इमोबिलिटी र गो इमोबिलिटीले बिक्री गर्दै आएको केई ब्राण्डको इक्युट ह्याचब्याक कार पनि १६१ युनिट आयात भएको देखिन्छ । जुन आफ्नो सेग्मेन्टमा १०.५९ प्रतिशत छ । यसमा केही युनिट भने दुई ढोका भएको ‘टु डोर’ मोडल पनि छ ।

विलिङ विङ्गोको आयात २०२५ मा हुनै सकेन । यस अवधिमा साँग्रिला मोटर्सले लीपको टी-०३ को आयात ७४ युनिट गर्दा सीजी मोटर्सले दायुन ह्याचब्याक ६० युनिट आयात गरेको देखिन्छ । यी दुई मोडलको सेग्मेन्टमा बजार हिस्सा क्रमशः ५ र ४ प्रतिशत रहेको छ ।


Back_to_top