काठमाडौं । भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सहयोग स्वरूप उपलब्ध गराएका ६१ वटा गाडी काठमाडौं आइपुगेका छन् ।
भारतले निर्वाचनका लागि ३८८ सवारी साधन सहयोग गर्ने बताइएको छ । तीमध्ये मंगलबार ६१ वटा काठमाडौं आइपुगेका हुन् ।भारतले नेपाललाई महिन्द्रा बोलेरो गाडी दिएको हो ।
ती गाडी आजै भारतको तर्फबाट नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । भारतले विगतदेखि नै निर्वाचनमा नेपाललाई गाडीसहित विभिन्न सहयोग गर्दै आएको छ ।
भारतले उपलब्ध गराएका ती सवारी साधन नेपाल प्रहरी, निर्वाचन आयोग लगायत निकायले निर्वाचनमा प्रयोग गर्ने छन् ।
गत भदौमा भएको जेन जी आन्दोलनको क्रममा देशभर सरकारी निकाय, प्रहरीका सवारी जलाउँदा अहिले सरकारलाई सवारी अभाव छ । भारतले उपलब्ध गराउने ती सवारीले सरकारलाई ठूलो राहत पुग्नेछ ।

