टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स सम्पन्न

काठमाडौं । टीभीएसको नेपालमा पहिलो पटक संचालन भएको एआरई (अपाचे रेसिङ एक्सपिरियन्स) कार्यक्रम सम्पन्न भएको छ ।

टीभीएसले अपाचे सिरिजको २० वर्ष पूरा भएको अवसरमा माघ ३ गते अपाचे रेसिङ एक्सपिरियन्स कार्यक्रम आयोजना सम्पन्न गरेको हो ।

नेपाली बाइक राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरको मोटर स्पोर्टस् अनुभव प्रदान गर्ने लक्ष्य लियर उक्त कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ ।

काठमाडौंको सतुंगलस्थित सवारी साधन तालिम तथा अनुसन्धान केन्द्रमा भएको एआरईको छनोट चरणमा ६० जना राइडरले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धामा १६० सीसी, २०० सीसी र ३१० सिसी गरी तीन वर्गमा मोटरसाइकल समावेश गरिएको थियो । प्रत्येक विधाका वर्गका उत्कृष्ट तीन राइडरलाई कम्पनीले २५ हजार रुपैयाँ नगद पुरस्कारका साथै टीभीएसको विशेष राइडिङ सामग्री प्रदान गरेको छ ।

साथै, राइडमा विजेता भएका राइडरहरूले भने भारतको चेन्नईस्थित मद्रास अन्तर्राष्ट्रिय सर्किटमा आयोजना हुने टीभीएसको एआरई-जीपी रेसिङको फाइनल चरणमा सिधै प्रतिस्पर्धा गर्ने अवसर समेत पाउने भएका छन् ।

एआरई रेसिङ प्रतियोगिताको १६० सीसी वर्गमा सुजन थापा, २०० सीसीमा अभिनव राज मल्ल र ३१० सीसीमा दिलिप दनुवार विजेता भएका छन् ।


Back_to_top