काठमाडौं । टोयोटा इन्डियाले भारतमा आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी अर्बन क्रुजर एबेला सार्वजनिक गरेको हो ।
टोयोटाले अर्बन क्रुजर इबेला तीन भेरियन्टमा बजारमा ल्याएको हो । कम्पनीले आजैदेखि अर्बन क्रुजर इबेलाको बुकिङ समेत खुलाएको छ ।
अर्बन क्रुजर इबेलाको डिजाइन मारुती सिबिलिङसँग मिल्दो जुल्दो छ । यसमा स्लिकर, सेग्मेन्टेड एलईडी डीआरएल र ट्रयांगलुर हेटलाइट बाहेक हेडलाइटहरू बाहेक अरु भाग लगभग उस्तै छ । यसको अगाडिको बम्परमा बाक्लो कालो ट्रिमले जोडिएको र किनारहरूमा दुई ठाडो एयर भेन्ट रहेको छ । निट बडी क्ल्याडिङ रहेको इबेलाको पछाडिको ढोकामा सी पिलर ह्याण्डल छ ।
कम्पनीले इबेला एसयूभी ४९ र ६१ किलोवाट आवर ब्याट्री अप्सनमा ल्याएको छ । कम्पनीले इन्ट्री लेभल भेरियन्ट ई वानमा ४९ किलोवाट आवर, ई टु र ई थ्रीले ठूलो ६१ किलोवाट आवर ब्याट्री दिएको छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ४४० किमी र ५४३ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

टोयोटा इबेलाको इन्टेरियर सुजुकी ई भिटाराकोसँग मिल्दो जुल्दो छ । जसमा फ्लोटिंग सेन्टर कन्सोल सहितको आधुनिक केबिन, टु स्पोक स्टेयरिङ ह्वील, १०.१ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १०.२५ इन्चको टचस्क्रीन, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, स्वचालित क्लाइमेट कन्ट्रोलर रहेको छ ।
इबेलाका सबै भेरियन्टहरूमा ७ वटा एयरब्याग र सबै चारै पाँग्रामा डिस्क ब्रेक छन् । यसमा एडास टु लेभल, ३६० डिग्री क्यामेरा, अगाडि पार्किङ सेन्सरहरू, अटो होल्ड भएको इलेक्ट्रोनिक पार्किङ ब्रेक, लेन किप असिस्ट, क्रुज कन्ट्रोल लगायत सुरक्षा फिचर छन् ।
टोयोटाले इबेलामा ब्याट्री एज अ सर्भिस (बास) सुविधा दिएको छ । इबेलाले हुन्डाई क्रेटा इलेक्ट्रीक, महिन्द्रा बीई सिक्स र भिनफास्ट भीएफ सिक्स सँग प्रतिस्पर्धा गर्नेछ ।

