दैनिक १६७ रुपैयाँ किस्तामा होन्डा साइन

काठमाडौं । होन्डाले दैनिक १६७ रुपैयाँ मासिक किस्ता बुझाउनेगरी साइन मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको छ । होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङले दैनिक किस्तामा होन्डा साइन मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको हो ।

यो स्कीममा होन्डा साइन खरिद गर्दा ग्राहकले दैनिक रुपमा किस्ता बुझाउन सक्नेछन् । यो स्कीम अन्तर्गत मोटरसाइकल किन्ने ग्राहकले सुरुमै ६० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी ४० प्रतिशत रकम दैनिक १६७ रुपैयाँका दरले २ वर्षसम्ममा भुक्तानी गरिसक्नु पर्ने हुन्छ ।

कम्पनीका अनुसार यो स्कीममा ग्राहकले १६.७५ प्रतिशत ब्याज तिर्नु पर्छ । ग्राहकले घरमा नै बसेर दैनिक किस्ता बुझाउन सक्नेछन् । दैनिक किस्ता बुझाउन ग्राहकले इसेवा, खल्ती तथा आइएमई पे प्रयोग गर्न सक्नेछन् ।

यस्तो छ मोटरसाइकल

होन्डा साइनको दुई भेरियनटमा नेपाली बजारमा विक्री भइरहेको छ । कम्पनीले सीबी साइन एसपी र सीबी साइन विक्री गर्दै आएको छ । होन्डा साइनको सुरुवाति मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ रहेको भने टप भेरियन्टको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

होन्डा साइनमा १२४.७ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले ७५०० आरपीएममा अधिकतम १०.५६ बीएच पावर प्रदान गर्ने छ भने, ५५०० आरपीएममा १०.३० एनएम टर्क प्रदान गर्छ । यसमा १०.५ लिटर क्षमताको इन्धन ट्याङ्क दिइएको छ ।

मोटरसाइकललाई आरामदायी बनाउन अगाडि टेलिस्कोपिक र पछाडि स्पीङ लोडेड हाइड्रोलिक सस्पेन्सन दिइएको छ । कम्पनीले होन्डा साइनको माइलेज ५५ किलोमिटर प्रति लिटर दावी गरेको छ ।


Back_to_top