काठमाडौं । दराजको महा बचत योजनामा टीभीएसको मोटरसाइकल खरिद गर्न सकिने भएको छ । ग्राहकले यो योजनामा आरटीआर १६० फोर भीमा नगद १४ हजार रुपैयाँ छुट तथा निःशुल्क हेलमेट प्राप्त गर्नेछन् ।
दराज मार्फत अनलाइन मार्फत मोटरसाइकल खरिद गर्दा उक्त छुट प्राप्त गर्न सकिने छ । दराज महा बचत योजनामा मोटरसाइकल खरिद गरि डिजिटल माद्यममार्फत भुक्तानी गर्दा थप नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यो योजनमा दराज मार्फत खरिद गर्दा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
दराज महा बचत योजना साउन १२ गतेदेखि लागु भएर १९ गतेसम्म संचालनमा रहने छ । यो योजना काठमाडौं उपत्यका भित्र मात्र लागु हुने समेत कम्पनीले जनाएको छ ।
१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।
पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्नेछ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

