डार्क थिममा टोयोटा हाइलक्स

टोयोटा हाइलक्स २.८ ब्ल्याक एडिशन डार्क थिममा आउने भएको छ । कम्पनीले यस भेरियन्टलाई ब्ल्याक थिममा सजिएको इन्टेरियर र इन्टेरियरसँगै विभिन्न कस्मेटिक परिमार्जन सहित ल्याउने भएको हो ।

कम्पनीका अनुसार यसको फ्रन्ट साइड,  ग्रिल, पिलर, बडी पेन्ट, फेन्डर ब्ल्याक कलर थिममा आउने छ । यसमा १८ इन्च अलोय ह्वील, मेटालिक सर्फेश, विंग मिरर, डोर ह्यान्डल, फ्रन्ट र रियरमा बम्पर, ग्रे ट्रिटमेन्ट लगायतको विशेषता दिइएको छ ।  

यसमा लेदर अपहोलस्ट्रि, पियानो ब्ल्याक फिनीश, ६.७५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले, एन्ड्रोइड अटो कनेक्टीभिटी, एडजस्टेवल ड्राइभर सिट, अटोमेटिक क्लामेट कन्ट्रोल, रियर एसी भेन्ट , ४.२ इन्च अप्शन मल्टी इन्फर्मेशन डिस्प्ले, डिजिटल रेकर्ड र क्रुज कन्ट्रोलको विशेषता दिइएको छ । यस्तै एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिंग लाइट, डाउनहिल एसिस्ट कन्ट्रोलको यसका आकर्षक विशेषता हुन् ।

डबल क्याब पिकअप ट्रकसँगै फोर ह्वील ड्राइभ सिस्टममा आउने यस मोडलमा उपलब्ध १ जिडी एफटिभी इन्जिनले ३४ सय आरपीएममा १७७ पीएस र १६ सय देखि २४ सय आरपीएममा ४५० एनएम टर्क पावर उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ ।


Back_to_top