असोज १२ गतेदेखि अटो एक्स्पो दशैं कार मेला आयोजना हुने

काठमाडौं । चाडपर्वको माैसम सुरू भएसँगै अटोशोको चहलपहल सुरू भएको छ । आजदेखि नाडा ईभी एक्स्पो सुरू भएको छ भने आगामी साता अटो एक्स्पो दशैं कार मेला आयोजना हुने भएको छ ।

नेपालमा विगत २ वर्षदेखि सेकेण्ड ह्याण्ड गाडीको कारोबार गर्दै आएको क्यास अन ह्वीलले असोज १२ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा अटो एक्स्पो दशैं कार मेला आयोजना गर्ने भएको हो । उक्त मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।

उक्त एक्स्पोमा २०० भन्दाबढी सेकेण्डह्याण्ड गाडीहरू विक्रीमा राखिने छन् । यसका साथै नयाँ चारपांग्रे र दुईपांग्रे सवारी साधन समेत अफर मूल्यमा पाउन सकिनेछ ।

एक्स्पो आयोजक क्यास अन ह्वीलका अध्यक्ष मोहन भण्डारीका अनुसार ‘यो एक्स्पोमा गाडी किन्ने र बेच्ने तथा एक्सचेन्ज गर्न चाहने बीच सीधा डिल हुने भएकोले कुनै बिचौलियाको भर पर्न नपर्ने बताए ।

‘हाम्राे बिजनेश मोडल एकदमै सीधा छ, हामीले निश्चित सर्भिस चार्ज लिएर गाडी किन्न र बेच्न चाहने बीचमा डिल गराउँछौं । हाम्रोमा अनधिकृत नाफा र ठगिने चान्स नै हुँदैन । यहाँ सेकेण्डह्याण्ड सवारी साधन किन्न र बेच्न चाहनेले आमने सामने बसेर डिल गर्छन कुनै हिडन कस्ट हुने छैन,’ उनले भने ।

उक्त एक्सपो १० लाख देखिका सेकेण्डह्याण्ड सवारी साधनहरूका साथै सुजुकी, डीएफएसके, फोर्सको गुर्खा, क्रसफायर तथा इलालिकाका नयाँ सवारी साधनहरू प्रदर्शनीमा रहनेछन् । एक्सपोमा प्रवेश निःशुल्क रहेको छ ।


Back_to_top