१६० किलोमिटर रेन्ज दिने सस्तो लेक्ट्रीक स्कुटर

काठमाडौं । टेल्जी लायनको लिथियम लिफेपो ‘लिथियम आइरन फोस्पेट’ भर्सन नेपालमा सार्वजनिक भएको छ । कम्पनीले नाडा ईभी एक्स्पोमा टेल्जी लायनको ‘लिथियम आइरन फोस्पेट’ भर्सन सार्वजनिक गरेको हो ।

यसअघि कम्पनीले लिड एसिड ब्याट्री भएको लायन स्कुटर विक्री गर्दै आएको थियो ।

टेल्जी टाइगरमा प्रयोग गरिएको ब्याट्री लिथियम आयनकै एक प्रकारको हो ।

टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र ३.३३ किलोवाट आवरको लिफेपो व्याट्री प्याक रहेको छ । यसलाइ एक पटक फुल चार्ज गरेर १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।

टेल्जी लायन नयाँ भर्सनमा ब्लुटुथ कनेक्टिभिटी, स्टेरियो स्पीकर जस्ता फिचर दिइएको छ । यसका अलावा यसमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ ।

टेल्जी लायन लिफेपो  ब्याट्री भर्सनकाे मूल्य ३ लाख १० हजार रूपैयाँ निर्धारण गरेर बुकिङ लिन सुरू गरेकाे कम्पनीले जनाएकाे छ ।


Back_to_top