ड्याट्सनले भारतीय बजारमा २०१८ ड्याट्सन गो र गो प्लस फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । नयाँ गो रेन्जलाई कम्पनीले ४ वर्षपछि फेसलिफ्ट गरेको हो । कम्पनीका अनुसार नयाँ गो र गो प्लसमा सुरक्षाका लागि थप सेफ्टी फिचर दिइएको छ ।
कम्पनीे चर्चित अभिनेता अमीर खानलाई ब्रान्ड एम्बेस्डर यी गाडीलाई बजारमा सार्वजनिक गरेको हो । ड्याट्सन गो र गो प्लसमा ओरेन्ज र ब्राउन गरी दुई नयाँ कलर अप्शनमा बजारमा आएको छ । यसको एक्सटेरियरमा कम्पनीले निकै परिर्वतन गरिएको छ । यसका साथै गाडीमा नयाँ हेक्सागनल ब्ल्याक ग्रील, क्रोम साउन्ड, नयाँ स्वेप्टब्याक हेडल्याम्प, ब्ल्याक हाइलाइट्स, इन्टिग्रेटेड टर्न सिग्नल लाइट जडान गरिएको छ ।
यस कारमा नयाँ फ्रन्ट बम्पर दिइएको छ भने, एडिसन एयरड्याम, शार्प मस्कुलर लाइन्स तथा एलइडी डेटाइम रनीङ लाइट दिइएको छ । दुवै कारमा १४ इन्चको डाइमन्ड कट अलोय ह्वील दिइएको छ ।
सबै विशेषताहरु समान भएका यी दुई कारको सिट क्षमता भने फरक–फरक रहेको छ । ड्याट्सन गोमा ५ सीट क्षमता दिइएको छ भने गो प्लसमा ७ सिट क्षमता रहेको छ ।
कारको ड्याशबोर्ड पनि नयाँ दिइएको छ भने, स्पोर्टी क्लस्टरका साथ मल्टी फंकशन डिस्प्लेले कारलाई आकर्षक बनाएको छ । दुवै गाडी गो र गो प्लसमा ७ इन्च टचस्क्रिन इन्फोटनमेन्ट सिस्टमका साथै एन्ड्रोइड अटो, एप्पल कार प्ले, गुगल म्याप नेभिगेशन, एप सपोर्ट र भोइस रिकोग्नाइज टेक्नोलोजी जस्ता विशेषता दिइएको छ ।
दुवै कारको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन । यी दुवै कारमा १.२ लिटर, थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ जसले ६७ बीएचपी पावर र १०४ एनएम टर्र्र्क उत्पादन गर्छ । कारमा ५ स्पिड म्यानुअल गियसबक्स जडान गरिएककको छ ।
ड्याट्सन इन्डियाले पहिले गो र गो प्लस फेसलिफ्टको प्रि–बुकिङ सुरु गरेको थियो । यसको डेलीभरी भने १० अक्टोबरबाट सुरु गरेको छ ।
अपडेटेड ड्याट्सन गोको मूल्य ३ लाख २९ हजार भारतीय रुपैयाँ रहेको छ भने, ड्याट्सन गो प्लस फेसलिफ्टको मूल्य ३ लाख ८३ हजार भारतीय रुपैयाँ रहेको छ ।
नेपामा कहिले ?
नेपाली बजारमा पायोनियर मोटो कर्पले बिक्री वितरण गरिरहेको ड्याट्सनका गाडीहरु दशैंपछि बजारमा ल्याउने तयारी भइरहेको कम्पानी स्रोतले जानकारी दियो । यी दुबै कारको मूल्य २० लाख हाराहारीमा पर्ने अनुमान लगाउन सकिन्छ ।

