ओकिनावा इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक भएको छ । गुरुग्रामस्थित इलेक्ट्रीक टु–ह्वीलर निर्माता आकिनावा अटो–टेकले रेज्ड इलेक्ट्रीक स्कुटर बजारमा ल्याएको हो । यसको मूल्य ६४ हजार ९ सय ८८ भारीय रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा दशैं लगत्तै सार्वजनिक गर्न लागिएको ओकिनवाका स्कुटरहरु भारतीय बजारमा उत्कृष्ट इलेक्ट्रीक स्कुटरको रुपमा लिने गरिएको छ ।
नेपाली बजारमा यो स्कुटर र्फच्यूना अटोमोवाइल कम्पनीले ल्याएको हो । ८ सयवाटको बीएलडीटी वाटरप्रुफ मोटर दिइएको छ । यो स्कुटरमा लिथियम आयान ब्याट्रीको प्रयोग गरिएको छ । एकपटक फूल चार्जमा १ सय २० किलोमिटर चलाउन सकिने यो स्कुटर उकालो बाटोमा समेत उत्कृष्ट पर्फमेनस गर्ने स्कुटरमा पर्छ ।
रेज्ड–प्लस सार्वजनिक गर्दै ओकिनावाका म्यानेजिङ्ग डाइरेक्टर जितेन्द्र शर्माले भने, ‘रेज्ड र प्रेजप्रति ग्राहकले व्यक्त गरेको सकारात्मक प्रतिक्रियाको प्रतिफल नै रेज्ड–प्लस स्कुटर आएको प्रतिक्रिया दिए ।’
ओकिनावा रेज्ड–प्लस स्ट्यान्डर्ड भर्सनजस्तो देखिन्छ । यसमा विशेष डिजाइन र स्टाइल दिइएको छ । यो कलर भेरियन्टअन्तर्गत लुसेज ओरेन्ज र मिड नाइट–ब्ल्यूमा उपलब्ध छ । प्रतिघन्टा ५५ किलोमिटरको रफ्तार पकड्ने यो स्कुटरको लोडिङ्ग क्षमता १ सय ५० किलोग्राम रहेको छ ।
यसमा दिइएका अन्य फिचरमा इलेक्ट्रोनिक असिस्टेन्ट ब्रेकिङ्ग सिस्टम (ई–बीएस), एन्टी थेफ्ट अलार्म, किलेस इन्ट्री, सेन्ट्रल लकिङ्ग सिस्टम र ड्रम–बक्सको विशेषता दिइएको छ ।

