भारतमा आयो चारपाङ्ग्रे स्कुटर, यी हुन् विशेषता

स्वीजरल्यान्डको टु-ह्वीलर निर्माता कम्पनी क्वार्डाेले चारपाङ्ग्रे क्यूडर स्कुटर निर्माण गरेको छ । यो स्कुटर जुनसुकै सडकमा सहजै गुड्न सक्ने गरी निर्माण गरिएको कम्पनीले जनाएको छ । 

डिजाइनर लुसियो–माराबेसेको परियोजनामा निर्माण गरिएको एम–थ्रीको प्रोपोटाइपमा आधारित क्वार्डरमा ४०० सीसी क्षमताको सिङ्गल सिलिन्डर फो स्ट्रोक इन्जिनको प्रयोग गरिएको छ । यसले ३२.५ बीएचपी पावर र ३८.५ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । 

स्कुटरमा नयाँ प्रविधिमा आधारित हाइड्रोलिक सिस्टम लगाइएको छ । टायरको बीचमा सस्पेन्सनको सहयोगमा जोडिएको यो प्रणालीले उच्च सुरक्षाको प्रत्याभूति दिने कम्पनीको दाबी छ । 

स्पोर्ट मोटरसाइकलको जस्तै डिजाइन तथा विशेषता बोकेको यो स्कुटर सहजै मोडिन सक्छ । स्कुटरमा अटोमेटिक गियरबक्सको प्रयोग गरिएको छ । 

भारतीय बजारमा भरैखर्रै सावर्जनिक भएको यस स्कुटरको मूल्य ९ लाख २५ हजार भारतीय रुपैयाँ तोकिएको छ । स्कुटरको फ्रन्टमा ‘सार्प लूक’ दिइएको छ भने सेटिङ अरेजमेन्टको व्यवस्था मिलाइएको छ । 

कम्पनीले जेनेभा अटो शोमा क्वार्डरलाई ईभी भर्सनमा निर्माण गर्ने जानकारी दिएको थियो । स्कुटरमा ४६ हर्ष पावर उत्पादन गर्ने इलेक्ट्रीक मोटर जडान गर्ने जानकारी दिँदै कम्पनीले ईभी भर्सनलाई २०१९ मा सार्वजनिक गर्ने बताएको छ । 


Back_to_top