मेरो पाँच वर्षे कार्यकाल खाल्डो खन्न र पुर्नमा नै जाने भयोः विद्यासुन्दर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो ५ वर्षे कार्यकाल उपत्यकाका सडकमा बनाइएका खाल्डा पुर्ने र पछि फेरी खन्नेमै बित्ने अवस्था आएको टिप्पणी गरेका छन् । सरकारी निकायबीचको समन्वय हुनसक्दा यस्तो अबस्था आएको उनले बताए । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा मेयर शाक्यले आफूले महानगरभित्रका समस्या समाधानका लागि प्रयास गरिरहेको भएपनि मेलम्चीलगायतका योजनाका कारण उपत्यकाको सडक खाल्डा खुल्डी र धुलो भएको गुनासो गरे । 

‘पाँच वर्षको कार्यकाल खाडल खन्न र पुर्नमै जालाजस्तो छ’ शाक्यले चिन्ता ब्यक्त गरे । 

ट्राफिक व्यवस्थापनका लागि सडकमा पार्क गर्ने र जहाँबाटपनि यात्रु हाल्नु पर्छ भनेको लामो समय भयो तर त्यसमा ट्राफिक प्रहरीले सहयोग नै नगरेको उनले गुनासो गरे । 

उनले सडक विस्तारको कारण पनि काठमाडौंको हाल अस्तब्यस्त भएकोले अब चाँडो सडकहरु कालोपत्रे हुने बताए । 


Back_to_top