भेस्पा एप्रिलियाको स्कुटरमा साढे ८ हजार छुट, किस्तामा सस्तो ब्याज

काठमाडौं । नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्राण्ड भेस्पा एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ वर्ष विशेष अफर ‘नयाँ युगको नयाँ राइड’ घोषणा गरेका छन् ।

यो अफर चैत १३ देखि देशभरका आधिकारिक भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ र ग्राहकहरूलाई नयाँ वर्षको सुरुवात उत्साहजनक अफर र विशेष सुविधा सहित प्रदान गर्ने उद्देश्य राख्दछ।

यस अफरअन्तर्गत ग्राहकहरूले नगदमा स्कुटर खरिद गर्दा ८ हजार ३०० रुपैयाँ नगद छुट पाउने छन् । साथै एक्सचेञ्जमा १० हजार रुपैयाँको अतिरिक्त एक्सचेञ्ज बोनस पनि पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले किस्ताबन्दीका स्कुटर खरिद गर्न चाहनेलाई बजारकै सबैभन्दा कम ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने छ ।

नयाँ वर्षको माहोल अझ रोचक बनाउन अफर अवधिमा खरिद गर्ने हरेक ग्राहकलाई ब्राण्डेड फ्री एक्सेसरीज, जस्तै हेल्मेट र स्कुटर कभर, उपलब्ध गराइनेछ । त्यसैगरी, साप्ताहिक लक्की ड्रमार्फत ग्राहकहरूले रूपाकोट रिसोर्टमा विशेष लक्जरी गेटवे जित्ने मौका पाउनेछन् ।

डेल्टा अटोकर्पका मुख्य कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले ग्राहकलाई प्रिमियम अनुभव दिलाउन नयाँ वर्ष अफर ल्याइएको बताए ।

‘नयाँ वर्ष नयाँ यात्रा र अवसरहरू अंगाल्ने समय हो। ‘नयाँ युगको नयाँ राइड’ मार्फत हामी केवल प्रिमियम स्कुटर मात्र प्रदान गरिरहेका छैनौं; हामी हाम्रा ग्राहकहरूलाई प्रिमियम अनुभवसँगै गर्वको अनुभूति दिलाउँदै, र आत्मविश्वासका साथ नयाँ वर्षको सुरुवात गर्ने अवसर प्रदान गर्न चाहन्छौं,’ उनले भने ।


Back_to_top