काठमाडौं । यातायात व्यवस्था विभागले मुख्य कार्यालय भवन जलेपछि टहराबाटै काम सुरू गरेको छ ।
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभागको कार्यालय भवन आजगनी भएपछि सेवाग्राहीका लागि बनाइएको प्रतिक्षालयको टहराबाट काम सुरू गरेको हो ।
विभागका निर्देशक केशव खतिवडाले कार्यालय भवन जलेकाले सेवाग्राहीको लागि बनाइएको टहराबाटै प्रशासनिक काम थालिएको जानकारी दिए । उनले टहरामै टेबल कुर्सी राखेका काम सुरू गरिएको बताए ।
‘विभागका दुइटै कार्यालय भवनमा आगजनी भएको छ । कार्यालयका फर्निचर, दराज, टेकल कुर्सी, कम्प्युटर लगायत सम्पूर्ण सामान जलेर नष्ट भएका छन्,’ उनले मेरोअटोसँग भने, ‘भित्र पस्न सक्ने अवस्था छैन । अहिले सेवाग्राहीका लागि कुर्न र पार्किङका लागि बनाइएको टहराबाटै प्रशासनिक काम थालेका छौं ।’

उनका अनुसार अहिले आजगनीबाट भएको क्षतिको विवरण संकलन लगायत काम भइरहेको छ । विभागका दुइटामध्ये हेभी इक्विपमेन्ट कार्यालयतर्फको भवन आगजनीबाट भत्किएको छ । अर्कोमा आगजनी भए पनि अब त्यसैलाई रेनोभट गर्ने बारे छलफल भइरहेको उनले बताए ।
उनले आगलागीबाट फर्निचर, कागजात, छापिएका कसरब २० हजार लाइसेन्स, लाइसेन्स छाप्ने प्रिटिङ मेसिन, स्मार्ट जलेर नष्ट भएको बताए ।

करिब १ लाख बढी स्मार्ट कार्ड र छापिएका केही लाइसेन्स भने राम्रै अवस्थामा रहेको उनले जानकारी दिए । ती लाइसेन्सहरू अब केही समयपछि वितरण गरिने उनले बताए ।
विभागले लाइसेन्स सम्बन्धी सम्पूर्ण काम अनिश्चितकालका लागि बन्द गरेको छ । सवारी आयात अनुमति लगायत अन्य सेवा भने क्राशः सुचारु गरिने उनले बताए ।


