यसरी नेपाल ल्याइँदै छ बीवाइडी एटो-वान

काठमाडौं । बीवाइडीको इन्ट्री लेभल ह्याचब्याक कार एटो-वान नेपाल चीन सिमानामा देखिएको छ । ठूलो संख्यामा नेपाल ल्याउन लागिएको एटो-वान कोरला नाकामा देखिएको हो ।

चीनबाट गाडी आयात हुँदै आएका तातोपानी र रसुवागढी दुवै नाका बन्द भएको कारण कोरोला नाकाबाट गाडी आयात सुरू भएको हो । यसअघि गाडी नल्याइएको कोरोला नाकाबाट पहिलो पटक गाडी आयात सुरू हुन लागेको हो ।

चीन जोड्ने तातोपानी नाका पहिरोको कारण र रसुवागढी नाका मेतेरी पुल नै बगाएको कारण संचालनमा आउन सकेका छैनन् ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरेको एटो-वान ठूलो संख्यामा बुकिङ भएको कम्पनीको भनाइ थियो । त्यही अनुसार दशैं अगाडि डेलिभरी दिन गाडीहरु ल्याउन लागिएको कम्पनीको भनाइ छ ।

यस्तो छ बीवाइडी एटो-वान

बीवाइडीको सबैभन्दा कम मूल्यको विद्युतीय गाडीले चीन, ब्राजिल, मेक्सिको जस्ता देशमा ठूलो सफलता पाएको छ । युरोपमा पनि राम्रै चर्चा कमाएको ह्याचब्याक कार मलेशिया, इन्डोनेशिया, नेपाल, भारत जस्ता राइट ह्याण्ड ड्राइभ देशमा पनि उपलब्ध हुन थालेको हो ।

बीवाइडीले दुई ब्याट्री अप्सनमा उपलब्ध गराउन लागेको एटो-वानमा ३० र ३८.८८ किलोवाट आवरको ब्याट्री छ । यसको रेन्ज डब्लूएलटीपीका अनुसार टप भेरियन्टले ३०० किलोमिटरसम्म दिनेछ ।

साइमेक्स इंकले २८ लाख ९५ हजार रुपैयाँ सुरुवाती मूल्य तोकेको एटो-वानको टप भेरियन्ट किन्न ३२ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

बीवाइडीले आफ्नो इन्ट्री मोडलमा भोइस कन्ट्रोल, वायरलेस अपग्रेड जस्ता फिचर दिएको छ । साथमा १० इन्चको टचस्क्रीन, डिटिजल इन्स्ट्रुमेन्ट कन्सोल जस्ता फिचर निकै उपयोगी छन् ।


Back_to_top