काठमाडाैं । मनसुनको सुरुवातसँगै मुलुकभरका सबै स्थानमा वर्षा भइरहेको छ । भारी वर्षा भएसँगै सडकमा पानी जम्नु पहिरो जानु स्वभाविक मानिन्छ । विशेषत, वर्षात्को समयमा सवारीसाधन चलाउँदा अतिरिक्त सावधानी अपनाउनुपर्छ ।
जमेको पानीको लेभल जाँच गर्ने
सकडमा जमेको पानीको लेभल परीक्षण गरेर मात्रै सवारीसाधन चलाउनुपर्छ । ज्यादा पानी जमेको अवस्थामा गाडी चलाउँदा गाडीलाई नोक्सान पुग्न सक्छ । त्यसैले, गाडी चलाउनुपूर्व सडकमा जमेको पानीको लेभल परीक्षण गर्नुपर्छ । त्यसपछिमात्रै, गाडीलाई विस्तारै पानीमा लैजानुपर्छ ।
फ्रन्ट र ग्रिलको सुरक्षा गर्ने
गाडी चलाउँदा फ्रन्ट र ग्रिलसम्म पानी आउन दिनु हुँदैन । पानी गाडीको एयरक्लिनर वा फ्रन्ट ग्रिलमा पुगी एक्सटेन्सनमा छिर्न सक्छ । जसको कारण गाडीमा नोक्सान पुग्ने गर्छ । त्यसैले पानीमा सवारीसाधन चलाउँदा फ्रन्ट ग्रिललाई बचाउनुपर्छ ।
इञ्जिनमा धेरै बल नलगाउने
पानीमा कार चलाउँदा कारको इञ्जिन आफैँ बन्द हुने सम्भावना उत्तिकै रहन्छ । कार अकस्मात् बन्द हुँदा पटक–पटक एक्सेलेटर र इञ्जिनमा जोर दिनुहुँदैन । यस्तो गर्दा कारको इञ्जिन बिग्रन सक्छ ।
गाडीको टायर परीक्षण गर्ने
वर्षात्को समयमा सडकको अवस्था नाजुक हुने गर्छ । यस्तो अवस्थामा गाडी दुर्घटनामा पर्ने सम्भावना रहन्छ । त्यसैले गाडी चलाउनुपूर्व गाडीको टायरको अवस्था परीक्षण गर्नुपर्छ ।
पानीको तह बढेमा गाडीबाट निस्कने
सडकमा अत्याधिक पानीको वहाव भएमा गाडीबाट तुरुन्त बाहिर निक्लनुपर्छ । गाडीभित्र पानी छिर्ने सम्भावना उत्तिकै रहने भएकाले कारण इलेक्ट्रीक वायरिङमा शर्ट–सर्किट लाग्ने डर हुन्छ ।
फ्यूल भरी राख्ने
कुनै पनि यात्रामा निक्लनुपूर्व गाडीमा फ्यूल ट्याङ्की इन्धन राख्नुपर्छ । वर्षात्को समयमा ट्राफिक जाम हुनु सामान्य कुरा हो । ट्राफिक जामबाट उत्रन सक्ने गरी गाडीको ट्याङ्की फूल राख्नुपर्छ ।
पहाडी बाटोमा सर्तक रहने
पहाडी बाटोमा यात्रा गर्दा माथिबाट पहिरो जान सक्ने सम्भावना धेरै रहन्छ । वर्षातको सुरुवातसँगै हाम्रा राजमार्गहरु पहिरोले रोकिने गरेका छन् यस्तोमा पहिरोको संभावनालाई हेरेर गाडी चलाउनु पर्छ ।