काठमाडौं । इटालियन चर्चित मोटरसाइकल डुकाटीका उत्पादन नेपाली बजारमा टर्बो मोटर्सले बिक्री वितरण गर्दै आएको छ । डुकाटी विश्व चर्चित दुई पाङ्ग्रे मोटरसाइकल उत्पादक कम्पनी हो ।
हरेक मोटरसाइकल प्रेमीको लागि डुकाटी ब्राण्डको मोटरसाइकल चढ्नु सपना जस्तै हो । त्यसमा पनि नेपाल जस्तो महंगो मूल्य तिरेर मोटरसाइकल किन्नु पर्ने देशमा यसका उत्पादन ३१ भेरियन्टमा बिक्री वितरण भइरहेको छ ।
कम्पनीले नेपालमा बिक्री गर्ने सबैभन्दा सस्तो मोडल ‘डुकाटी मोन्स्टर ६९६’ र ‘डुकाटी स्क्राम्लर आइकोन’ हो । यसको मूल्य क्रमश १९ लाख ५० हजार र १९ लाख ८० हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी कम्पनीले बिक्री गर्ने सबैभन्दा महंगो मोडल ‘डुकाटी पेनिगिल भी ४ स्पेशल’ भेरियन्ट हो । यसको बजार मूल्य ८२ लाख ५० हजार रुपैयाँ रहेको छ ।
यस्तो छ सबै भेरियन्टको मूल्य



