नेपाल आयो मारुती सुजुकीको डिजायर सेडान कार, सुरुवाती मूल्य ३४ लाख २९ हजार

काठमाडौं । मारुती सुजुकीले अघिल्लो वर्ष मार्च अन्तिममा भारतमा सार्वजनिक गरेको डिजायर सेडान नेपाल आएको छ । नेपालको आधिकारीक वितरक सिजी मोटोकर्पले नयाँ डिजायर नेपाल ल्याएको हो ।

केहि समयअघि अग्रिम बुकिङ खुल्ला गरेको डिजायर नेपाल आएको हो । कम्पनीले ल्याएको सेडान कम मूल्यमा पाइने उत्कृष्ट सेडान कार रहेको कम्पनीले जनाएको छ ।

सिजी मोटोकर्पले डिजायर फेसलिफ्ट भिएक्सआई भेरियन्टको मूल्य ३४ लाख २९ हजार र जेडएक्सआईको ३७ लाख ७९ हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको छ ।

डिजायरमा मारुती सुजुकीको के१२एन, फोर सिलिण्डर इन्जिन दिइएको छ । यसमा ग्राहकले आइडल स्टार्ट र स्टपको सुविधा पाउने छन् । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ९० पीएस पावर र ४४०० आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्छ । यो ५ स्पीड म्यानुअल गियरबक्समा उपलब्ध रहेको छ ।

नयाँ डिजायरमा ३७ लिटरको इन्धन ट्याङ्क दिइएको छ । भारतीय अटोमोटिभ रिसर्च एजेन्सीले यसले प्रतिलिटर २३ किलोमिटर माइलेज दिने प्रमाणित गरेको छ ।
फेसलिफ्ट डिजायरमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । सस्पेन्सको कुरा गर्दा डिजायरको अगाडि म्याक फेरसन स्ट्रुट र पछाडि टोर्सियन बीम दिइएको छ । कम्पनीले यसमा स्टील र अलोय ह्वील दुई अप्सन दिएको छ । स्टील ह्वीलमा १४ इन्चको टायर लाग्छ भने अलोय ह्वीलमा १५ इन्चको टायर लाग्ने छ ।

कम्पनीले नेपाल ल्याएको भिएक्स र जेडएक्सआई भेरियन्टमा केहि फिचर फरक रहेको छ । दुबै भेरियन्टमा एलइडी टेलल्याम्प, एलइडी स्टपल्याम्प, बडी कलर डोर ह्याण्डल, बडी कलर ओआरभीएम पाउन सकिन्छ । भिएक्सआईमा स्टील ह्वील दिइएको छ भने जेडएक्सआईमा अलोय ह्वील पाउन सकिन्छ ।

कारको भित्र लेदरले मोरिएको स्टेरिङ ह्वील , मोर्डन उडन एसेन्ट सहितको ड्यासबोर्ड, मल्टी इन्फर्मेशन डिस्प्ले, लो फ्यूल वार्निङ ल्याम्प, विभिन्न स्थानमा क्रोम फिनिसिङ, फ्रन्ट डोर आर्मरेष्ट जस्ता फिचर पाउन सकिन्छ ।

त्यसैगरि सुरक्षाको लागि एबीएस, इबीडी, २ वटा एयरव्याग, रिभर्स पार्किङ सेन्सर, एन्टी थेप सेक्यूरिटी सिस्टम, फगल्याम्प, रियर डिफगर, आइएओ फिक्स चाइड सिट, रिटवेल्ट रिमाइन्डर, स्पीड सेन्सिटीभ डोर लक, स्पीड अलर्ट जस्ता फिचर यसमा पाउन सकिन्छ ।

गाडी आरामदायी बनाउन कम्पनीले यसमा आइडियल स्टार्टरस्टप, पुस वटम स्टार्ट, अटो हेडल्याम्प, रियर एसी भेन्ट, रियर सिट आर्मरेष्ट, किलेस इन्ट्री, हिटर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सेन्ट्रल लकिङ, पावर विन्डो, टिल्ट स्टेरिङ, लेग रुम ल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top