मोटरहेडका मोटरसाइकलको मूल्य बढ्यो, यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा चर्चामा रहेको मोटरहेड ब्राण्डको स्पोर्टस भर्सनका बाइकहरूको नयाँ मूल्यसूची सार्वजनिक भएको छ ।

मोटरहेड ब्राण्डका बाइक तथा स्पेयर्स पार्टसको नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले सार्वजनिक गरेको मूल्यसूची अनुसार मोटरसाइकलमा मूल्य वृद्धि भएको हो ।

कम्पनीको स्पोर्टस रोड भर्सन बाइकको मूल्य ३ लाख ७० हजार रुपैयाँ र स्पोर्टस अफरोड भर्सन बाइकको नयाँ मूल्य ३ लाख ६८ हजार रुपैयाँ कायम भएको छ ।

मोटरहेडका एमएच २०० को मूल्य ३ लाख ७५ हजार रुपैयाँ, टेकन २५० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ र स्क्र्याम्ब्लर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडको ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजुमा शोरुम छ । यस्तै काठमाडौंको टेकु र मित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्ट मार्फत मोटरहेड बाइकको विक्री, विक्रीपछिको सेवा तथा स्पेयर्स पार्टस्को सेवा उपलब्ध गराइरहेको छ ।

यस्तै गरी काठमाडौं बाहिर बनेपा, नेपालगञ्ज, चितवन, वीरेन्द्रनगर, वीरगन्ज, तुलसीपुर, पोखरा, इटहरि, बागलुङमा कम्पनीले डिलर विस्तार गरिसकेको छ ।

कम्पनीका जनरल म्यानेजर उज्वल जोशीका अनुसार देशका अन्य मूख्य शहरमा पनि डिलर विस्तारको तयारी भइरहेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै कम्पनीले बिर्तामोड, दमक, मिर्चैया, बर्दिबास, हेटौंडा, गोर्खा, दमौली र नुवाकोटका लागि डिलरसिप आह्वान गरेको छ । यस्तै कम्पनीले विक्रीपछिको सेवालाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।


Back_to_top