एक वर्षमा ५ सय यूनिट पुग्न नसकेको इलेक्ट्रीक स्कुटर, यस्तो छ १ वर्षको आयात

काठमाडौं । नेपालमा करिब ३२ ब्राण्डले अहिले इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल विक्री गर्दै आएको भएपनि कुनै पनि ब्राण्डले एक वर्षमा ५ सय यूनिट मोटरसाइकल तथा स्कुटर आयात गर्न सकेका छैनन् ।

असाध्यै कम संचालन लागतको बाबजुद पनि ५ वर्षदेखि उपलब्ध ब्राण्डको समेत संख्यात्मक आयात देखिदैन । अहिले बजारमा उपलब्ध ब्राण्ड मध्ये एक वर्षमा सबैभन्दा धेरै स्कुटर आयात गर्ने कम्पनी ओकिनवा हो । कम्पनीले गत अंग्रेजी आर्थिक वर्ष सन् २०२१ मा ४२४ यूनिट आयात गरेको देखिन्छ । यद्यपि कम्पनीले यी सबै मोटरसाइकल विक्री गरेको छ वा छैन एकिन भएको छैन ।

अहिले वार्षिक ३ हजार यूनिट हाराहारीको बजार पुग्ने क्रममा रहेको छ । त्यसमा पनि चीनबाट आउने धेरै ब्राण्डले विश्वनियता बढाउँदै लगेका छन् । नेपालमा सबैभन्दा पुरानो ब्राण्ड भएर पनि एनआईयूले ११४ यूनिट मात्रै आयात गरेको देखिन्छ ।

चिनियाँ ब्राण्ड याडियाले दोस्रो धेरै ३४७ यूनिट स्कुटर आयात गरेको देखिन्छ । साथै, सुपर शोको, ओपाइ, टेलजी, लुयान, प्योर इभी जस्ता ब्राण्डले एक सयदेखि दुई सय यूनिटसम्म इभी नेपाल ल्याएका छन् ।


Back_to_top