भारतमा नयाँ इलेक्ट्रीक स्कुटर तथा माेटरसाइकल सार्वजनिक गर्न रोक, ७ हजार स्कुटर रिकल

भारतीय बजारमा नयाँ इलेक्ट्रीक दुई पाग्रे सवारीसाधन सार्वजनिक गर्न रोक लगेको छ । भारत सरकारको सडक यातायात तथ राजमार्ग मन्त्रालयले नयाँ उत्पादन बजारमा ल्याउन रोक लगाएको हो ।

मन्त्रालयले सबै इलेक्ट्रीक दुई पाग्रे उत्पादक कम्पनीहरुलाई बोलाएर नयाँ उत्पादन बजारमा नल्याउन निर्देशन दिएको हो ।

पछिल्लो समय लगातार इलेक्ट्रीक स्कुटरमा आगो लाग्ने समस्या आइरहेको छ । यी घटनाहरुको जाचँ पुरा नहुदासम्मका लागि नयाँ उत्पादन बजारमा नल्याउनका लागि मन्त्रालयले निर्देशन जारी गरेको हो । यसका साथै मन्त्रालयले जुन जुन कम्पनीका स्कुटरमा आगो लागेको छ सोही लटमा उत्पादन भएका सबै उत्पादनहरुको रिकल गरेर परिक्षण गर्न समेत निर्देशन दिइएको छ । सबै जसो कम्पनीहरुले रिकलको प्रकृया सुरु गरिसकेको छन् ।

केद्रिय परिवहन मन्त्रि नितिन गडकरीले यस अघि नै सबै कम्पनीहरुलाई समस्या देखिएका सबै मोडलहरु रिकल गर्न निर्देशन दिएका थिइ । यसै क्रममा विभिन्न ब्राण्डले ७००० यूनिटभन्दा धेरै स्कुटरहरु रिकल गरि सकेको छन् ।

पछिल्लो महिना भारतीय बजारमा ७ भन्दा धेरै आगो लागेको घटना भएको छ । उक्त घटनामा एक जनाको मृत्यु भएको छ ।


Back_to_top