काठमाडौं । बजाजका ९ मोडलका १८ भेयिन्टका मोटरसाइकल नेपाली बजारमा विक्री हुँदै आएको छ । कम्पनीले नेपालमा १०० सीसीदेखी ३७० सीसीसम्मका मोटरसाइकल विक्री गर्दै आएको छ भने चाँडै नै २५० सीसीको मोटरसाइकल भित्र्याउने तयारी गरेको छ ।
कम्पनीले केही समय अगाडि नयाँ मूल्यसूची सार्वजनिक गरेको थियो । कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार प्लाटीना १०० ईसको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । त्यसैगरी, डिस्कभर १२५ डिस्क भर्सनको मूल्य २ लाख १६ हजार ९०० रुपैयाँ, डिस्कभर १२५ ड्रमको २ लाख ९०० रुपैयाँ र डिस्कभर १२५ एसटीको मूल्य २ लाख २७ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरी बजाज एभेन्जर २२० क्रुजरको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ र एभेन्जर १६० स्ट्रीटको मूल्य ३ लाख ४५ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै, पल्सर सिरिजमा पल्सर २२० एफको मूल्य ३ लाख ६९ हजार ९००, पल्सर एनएस २०० एफआईएबीएसको मूल्य ३ लाख ९५ हजार ९०० रुपैयाँ, पल्सर एनएस २०० एबीएसको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ र पल्सर एनएस १६० को मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ भएको छ ।
पल्सर सिरिजमा सर्वाधिक विक्री हुने पल्सर १५० टीडीको मूल्य २ लाख ९२ हजार ९०० रुपैयाँ र पल्सर १५० को मूल्य २ लाख ७६ हजार ९०० रुपैयाँ रहेको । यस्तै पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल पल्सर १२५ को मूल्य २ लाख ४६ हजार ९०० रुपैयाँ भएको छ ।
त्यस्तै डोमिनार २५० को मूल्य ५ लाख २० हजार ९०० र डोमिनार ४०० को मूल्य ५ लाख ९८ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीमा केही समय अगाडि विक्री बन्द गरेको पल्सर २२० एफको नन् एबिएस, एनएस १६० नन् एबीएस र पल्सर एनएस २०० को नन् एबीएस सर्भन मोटरसाइकल समेत समावेस गरेको छ । जसमा पल्सर २२० एफ न्न एबीएस र एनएस २०० नन् एबीएसको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ र एनएस १६० नन् एबीएसको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।


