भारतमा बन्यो २०० किमि माइलेज र १२० किमिको रफ्तारमा कुद्ने इलेक्ट्रीक बाइक

काठमाडौं । इलेक्ट्रीक सवारीसाधनमा हरेक दिन नयाँ उत्पादनहरु बजारमा आउने वा घोषणा गर्ने प्रतिस्पर्धा चलिरहेको समयमा तमिलनाडु स्थित ई-मोशन मोटर्स कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक बाइक ‘ई-मोशन सर्ज’ सार्वजनिक गरेको छ । 

कम्पनीले आफ्नो वेवसाइटमा फोटो सार्वजनिक गर्दै बाट उक्त बाइक लन्च भएको जनाएको छ ।  बाइको फोटो क्याप्सनमा ‘फ्युचर पर्फेक्ट’ लेखिएको छ । कम्पनीले यो इलेक्ट्रीक बाइकलाइ स्टाइलिस साथै स्ट्रिट फाइटरको मोडलमा बनाएको छ ।

बिगत  ७ बर्षदेखि ‘ई-मोशन सर्ज’को निमार्णमा लगाएको कम्पनीले दाबी गरेको छ । यही क्रममा कम्पनीले यो बाइकलाई ३० हजार किलोमिटर टेस्टिङसमेत गराइसकेको जनाएको छ  । कम्पनीका अनुसार एक पटकको सिंगलचार्जमा १०० किमि र एक्ट्रा ब्याट्रीसमेत कम्पनीले उपलब्ध गराएकाले एकै पटक डबल चार्जमा २०० किमि यात्रा गर्न सकिने छ । 

बाइकमा ४० एम्पेयरको ब्याट्री दिइएको छ जुन ३० मिनेटमा फुल चार्ज हुन्छ ।  यसको फ्रन्ट साइडमा सार्प लुकिङ हेडलाइट रहेको छ । ४ गियर रहेको यो बाइक ४ सेकेन्डमा ० देखि ६० किमि प्रति घन्टाको रफतार भेट्न सक्छ । यो बाइकको टप स्पिड १ सय २० किमि प्रतिघन्टा रहेको छ । 


Back_to_top