काडमाडौं । ग्यासोलिन उर्जाको बचतमा लागेको विश्व सवारी उत्पादकहरुले अब जहाज उत्पादनमा पनि इलेक्ट्रीक प्रविधिको विकास गरेका छन् ।
सोमबार एक दुई सिटे इलेक्ट्रिक प्लेनको नर्वेमा परीक्षण उडान गरिएको छ । ‘अल्फा इलेक्ट्रो जी २’ नाम राखिएको यो जहाजमा नर्वेका २ जना ट्रान्सपोर्ट अधिकारीले सवार भएर गरेका थिए । ब्याट्रीबाट सञ्चालित उक्त प्लेनलाई केही मिनेटमात्र उडाइएको थियो ।
३ सय ५० किलोग्राम तौल रहेको उक्त प्लेनमा ५० किलोवाटको मोटर र २१ किलोवाट आवरको ब्याट्री लगाइएको छ ।
एक पटकको फुल चार्जमा १ घन्टा उडान भर्नसक्ने यो प्लेनले सन् २०२५ सम्ममा उडान भर्ने आँकलन गरिएको छ । नर्वे सरकारले सन् २०४० सम्म शतप्रतिशत इलेक्ट्रिक सवारी साधनमात्र प्रयोग गर्ने योजना अनुरुप यो प्लेनको आविस्कार गरेको अनुमान गरिएको छ ।

