उपत्यकाका करिडोरमा यातायात चलाउन रोक

काठमाडौं । अविरल वर्षाको कारण उपत्यकाको नदी किनारमा रहेका करिडोर सडकमा साँझ ६ बजेदेखि सवारी संचालन गर्न रोक लगाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यकाका नदी खोला किनारमा साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मको लागि सवारी साधन चलाउन रोक लगाएको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको थियो ।

आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको जनाउँदै प्राधिकरणले सतर्क रहन भनेको हो ।


Back_to_top