काठमाडौं । धादिङको गल्छी गाउँपालिका ७ भल्टारमा बस र टिपर ठोकिँदा ११ जना घाइते भएका छन् । आज बिहान करिब ९ बजे उक्त दुर्घटना भएको हो ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख ०७६६ नम्बरको बस र अर्को दिशाबाट जाँदै गरेको ना८ख २५९१ नम्बरको टिपर एक आपसमा ठोकिएका हुन् ।
दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरुको नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचार भएको छ । यस दुर्घटनामा कोही पनि गम्भिर भएका छैनन् ।

