चल्तीका दुई ह्याचब्याक कार, मासिक किस्ता २३०० रुपैयाँ फरक

काठमाडौं । इन्ट्री लेभल ह्याचब्याक सेग्मेन्टमा सफल मानिएको टाटा टियागो ईभीको २०२५ मोडल बिक्री हुँदै आएको छ । टाटा मोटर्सले अपग्रेड गरेको टियोगो ईभीमा एलईडी हेडलाइट र डीआरएल, फ्रन्ट ग्रिल, कलर अप्सन, ह्वील विल्कुलै नयाँ डिजाइनको दिएर ल्याएको हो ।

त्यसका अलवा सार्कफिन एन्टेना, बडी कलर डोर ह्याण्डल जस्ता फिचरमा भएको परिवर्तनले यसलाई फिचर लोडेड फ्यामली ह्याचब्याक कार बनाएको छ । अहिले सिप्रदी ट्रेडिङले यसलाई दुई भेरियन्टमा बिक्री गर्दै आएको छ । इन्ट्री भेरियन्टको मूल्य २७ लाख ४९ हजार रुपैयाँ छ भने टप भेरियन्ट २९ लाख ९९ हजार रुपैयाँ मूल्य कायम भएको छ ।

विगत एक वर्षदेखि केईका उत्पादन नेपाली बजारमा छन् । केई इक्यूट-०४ टियागो ईभीसँग प्रतिस्पर्धा गर्ने मोडल हो । केई इक्यूट-०४ मा लेटेस्ट टेक्नोलोजी प्रयोग भएको छ । यसका टेक फिचर र र बडी डिजाइनले धेरैको ध्यान खिच्न सफल भएको छ ।

सानो कारमा गरिएको फ्यूचरस्टिक डिजाइन र सेग्मेन्ट फस्ट फ्लस डोर ह्याण्डलले धेरैको ध्यान तानेको हो । पावरफुल, स्टाइलिस, स्मार्ट र सुरक्षामा बलियो भनिने ईक्यूट-०४ एउटा मात्रै भेरियन्टमा उपलब्ध छ । यसको मूल्य २५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

मूल्यका हिसाबले टियागोभन्दा सस्तो इक्यूट-०४ फिचरका हिसाबले कहाँ छ भन्ने धेरैको चासो हुन सक्छ । त्यसैले यी दुई मोडललाई हामीले यहाँ तुलना गरेका छौं ।

साइज

फ्यामली ह्याचब्याकमा बलियो नाम भएको भारतमा बनेको टियागो ईभीको लम्बाइ ३७८१ एमएम, चौडाइ १६७७ एमएम र उचाइ १५३६ एमएम छ । यसमा ह्वीलवेस २४०० एमएम र १७२ एमएम ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । टियागो ईभीको बुट स्पेस २४० लिटर छ ।

त्यसैगरी केईको इक्यूट-०४ को लम्बाइ ३६९५ एमएम, चौडाइ १६८५ एमएम र उचाइ १६१५ एमएम छ । यसमा २५०० एमएम लामो ह्वीलबेस र १६५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । यसमा बुट स्पेस २३७ लिटरको छ ।

साइजमा तुलना गर्दा लम्बाइ र ग्राउन्ड क्लियरेन्समा टियागो अगाडि देखियो । ह्वीलवेसको आधारमा इक्यूट-०४ राम्रो छ । अन्य लगभग उस्तै हुन् ।

मोटर र ब्याट्री

टाटा टियागो ईभीमा ४८ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । उक्त मोटरले ११४ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । टियागो ईभीमा २४ किलोवाटको लिक्वीड कुल्ड एलएफपी ब्याट्री छ । यो ब्याट्रीलाई डीसी फास्ट चार्जरले चार्ज गर्दा ५८ मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज पाइने कम्पनीको दावी छ ।

केईको इक्यूट-०४ मा ११० न्यूटन मिटरको टर्क दिने ४० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ इलेक्ट्रीक मोटर छ । यसमा २८.०८ किलोवाट आवरको एलएफपी ब्याट्री छ । यसले सिंगल चार्जमा २४० किलोमिटर हाराहारी रेन्ज दिन्छ ।

क्याबिन फिचर

टियागो ईभीमा १०.२५ इन्चको डिजिटल टचस्क्रीन डिस्प्ले, ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले दिइएको छ । साथै, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, कुल्ड ग्लोभ बक्स, ४ वटा स्पीकर, ६ वे म्यानुअल एड्जस्ट गर्न सकिने ड्राइभर सिट, पोलिन फिल्टर, पुस बटम स्टार्ट दिइएको छ । यसमा सिटी र स्पोट्स ड्राइभिङ मोड उपलब्ध छ ।

त्यस्तै, इक्यूट-०४ मा ६.७ इन्चका एलसीडी टचस्कृन, ६.७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, कोलुम माउण्टेड गियर सिफ्टर, मल्टिफङ्सनल स्टेरिङ ह्वील, ६ वे म्यानुअल एड्जस्टेबल ड्राइभर सिट, ६ वटा स्पीकर, स्पोट्स र इकनोमीक ड्राइभिङ मोड दिइएको छ ।

सुरक्षा फिचर

केईको इक्यूट-०४ मा सुरक्षाको लागि फ्रन्ट ड्यूल एयरब्याग, ३६० डिग्री सराउण्ड भ्यू क्यामरा, टायर प्रेसर मोनिटरीङ सिस्टम, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, एबीएस, ईएसपी, इबीडी, डीसीएस र ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर छन् ।

टाटा टियागो ईभीमा डिउल फ्रन्ट एयरव्याग, एबीएस, ईबीडी, इएसपी, एचडी रियर भ्यू क्यामरा विथ गाइड लाइन, हिलहोल्ड कन्ट्रोल, क्रुज कन्ट्रोल, फ्रन्टमा डिस्क र रियर ड्रम ब्रेक दिएको छ ।

कर्जा र इएमआई

अहिले बैंक ब्याजदर निकै कम छ । अहिले ७ प्रतिशत ब्याजदरमा सजिलै गाडी किन्न कर्जा पाउन सकिन्छ । दुबै गाडीलाई ७ वर्ष अवधिको कर्जा सुविधा उपलब्ध हुनेछ ।

मूल्यको हिसाबले केही सस्तो इक्यूट-०४ किन्नेले डाउन पेमेन्ट वापत ९ लाख ९८ हजार ४०० रुपैयाँ जम्मा गर्नु पर्छ । बाँकी १४ लाख ९७ हजार रुपैयाँ कर्जा वापत लिन पाउने छन् । उक्त कर्जा ७ वर्षसम्म मासिक २२ हजार ६०० रुपैयाँको दरले तिर्न पाइने छ ।

टाटा टियागो ईभी किन्नेले डाउन पेमेन्ट वापत १० लाख ९९ हजार ६०० रुपैयाँ नगद बुझाउनु पर्छ । त्यसपछि बाँकी रहेको १६ लाख ४९ हजार रुपैयाँ कर्जा सुविधा लिन सकिन्छ । उक्त कर्जा ७ वर्षसम्म मासिक २४ हजार ९०० रुपैयाँको दरले तिर्नु पर्ने हुन्छ ।


Back_to_top