काठमाडौं । बीवाइडीले सन् २०२६ मोडलको रुपमा एटो थ्री तयार पारेको छ । कम्पनीले यसअघि ४०० भोल्ट आर्किटेक्चरमा बनाएको एटो थ्री अब ८०० भोल्टमा ल्याउने भएको हो ।
नयाँ आर्किटेक्चरको प्रयोगसँगै नयाँ एटो थ्री तिब्र गतिमा चार्ज हुने भएको छ । कम्पनीका अनुसार नयाँ एटो थ्रीले १५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ ।
बीवाइडीले आफ्नो सफल क्रसओभर एसयूभी एटो थ्रीको २०२६ मोडलमा टेक्नीकल र कस्मेटीक परिवर्तन गरेको छ । टेक्नीकल परिमार्जनमा चिनियाँ बजारको लागि नयाँ एटो थ्रीमा २३० किलोवाटको मोटर दिएको छ । यसअघि १५० किलोवाटको मोटरमा उपलब्ध थियो ।
सन् २०२२ को फेब्रुअरिमा लन्च भएको बीवाइडी एटो थ्री विश्वका ११० देशमा बिक्री हुँदै आएको छ । चीन सहितको बजारमा अहिलेसम्म १० लाखभन्दा बढी युनिट एटो थ्री बिक्री भइसकेको छ ।
नयाँ एटो थ्रीको एक्टेरियरमा ठूलो साइजको ट्रापेज सेपको एयरइनटेक, स्मोक्ड हेडलाइट र व्ल्याक कलरको डी पिल्लर दिएको छ । नयाँ एटो थ्रीको तौल समेत वृद्धि भएको छ । पहिला १६९० केजी रहेको एटो थ्री अब १८८० केजी ग्रस बेटमा आउने छ । ब्याट्री पनि पहिलेभन्दा ठूलो हुने बताइए पनि साइजको बारेमा जानकारी दिइएको छैन ।

बीवाइडीले अहिलेसम्म बनायो १ करोड ४० लाख कार
बीवाइडीले बिहिबार १ करोड ४० लाख युनिट कार रोल आउट भएको घोषणा गरेको छ । ब्राजिलको फ्याक्ट्रीबाट १ करोड ४० लाखौं युनिट उत्पादन गरेको हो ।
ब्राजिलमा हिजो एक कार्यक्रमका बीच बीवाइडीका चेयरम्यान वाङ चुवानफुले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई १ करोड ४० लाखौं युनिट कार डेलिभरी दिएका थिए ।

