पोखरामा बुद्ध एयरको जहाजमा चरा ठोकियो

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजमा चरा ठोक्किएको हो ।

बुद्ध एयरका अनुसार शनिबार काठमाडौंबाट पोखराका लागि उडेको उडान संख्या ६१७, जहाज ९ एन-एओसी जहाजमा चरा ठोकिएको हो । उक्त जहाजमा रहेका सबै यात्रु र चालक दल सुरक्षित रहेको कम्पनीले जनाएको छ ।

अहिले उक्त जहाज पोखरामा ग्राउन्डेड गरिएको छ । बुद्ध एयरका प्राविधिक टोलीले जाँच गरिरहेको कम्पनीले जनाएको छ ।


Back_to_top