सवारी साधन काठमाडौं आउन र बाहिर जान रोक

काठमाडौं । सरकारले काठमाडौंबाट बाहिर जान र काठमाडौं आउने सवारी साधनलाई रोक लगाएको छ । अविरल वर्षालाई मध्येनजर गर्दै ३ दिनसम्म रोक लगाएको हो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित दुर्घटनाबाट बच्न सवारी साधन आवतजावतमै रोक लगाएको हो । आगामी ३ तीन अब सवारी साधन उपत्यका छाडेर बाहिर जान र उपत्यका प्रबेश गर्न पाउने छैनन् ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ ।


Back_to_top