काठमाडौं । आज आइतबार साँझ ६ बजेपछि मुग्लिन-नारायणगढ सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।
जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेर चितवन आउने र यहाँबाट बाहिर जाने सवारी साधनहरूलाई साँझ ६ बजेभित्र आवत जावत गरिसक्न आग्रह गरेको हो ।
असोज १८ देखि २० गतेसम्मको मौसम पूर्वानुमानलाई ध्यानमा राखेर रातिको समयमा चितवनमा पर्ने राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चितवन र आसपासका क्षेत्रमा गएरातिदेखि पानी परेको छैन । सडकमा रोकिएका सवारी साधनहरुलाई प्रशासनले आइतबार दिउँसोदेखि नै गन्तव्यतर्फ पठाइरहेको छ ।
साँझ ६ बजेपछि काठमाडौं, पोखरातर्फ जान आउने गाडीहरुलाई तोकिएका होल्डिङ स्पेसमा राखिने जिल्ला प्रहरी कार्यालयले जानकारी दियो ।

