दुई वर्षमा कति आयो ओमोडा ‘ई फाइभ’ र दीपल एस-०७ ?

काठमाडौं । लगभग एउटै समयमा नेपाल प्रबेश गरेका दुई कारको आयात पनि उस्तै देखिएको छ । संख्यामत्कम रुपमा नेपाल प्रबेश गरेको छोटो समयमा नै यी दुबै ब्राण्डका उत्पादनले राम्रो बजार पाएको थियो ।

ओमोडा ई फाइभ चेरी ग्रुप अन्तर्गतको ओमोडा ब्राण्डमा आएको थियो । चांगान ग्रुपले भने दीपल ब्राण्डमा ईभी ल्याएको थियो । यी दुबै ब्राण्ड नेपाली बजारको लागि नयाँ थिए । नयाँ भएर पनि नेपालमा बिक्री सुरु भएको छोटो अवधिमा नै यी दुबै ब्राण्डका ईभीले राम्रो बिक्री पाए ।

ओमोडा ई फाइभ अहिलेसम्म ९१३ युनिट आयात भएको छ । जसमा सन् २०२४ मा ५८४ युनिट र सन् २०२५ नोभेम्बर १५ तारिखसम्ममा ३२९ युनिट आयात भएको हो ।

दीपल एस-०७ को आयात सन् २०२४ मा ६७६ युनिट र सन् २०२५ नोभेम्बर १५ तारिखसम्ममा २७८ युनिट गरी अहिलेसम्म ९५४ युनिट आयात भएको भन्सार तथ्यांकमा देखिन्छ ।

दीपलले यस बीचमा एस-०७ एसयूभीको आइसीए भर्सन पनि लन्च गरिसकेको छ । तर, ओमोडा ई फाइभ सुरुमै आएकोमा कुनै परिमार्जन भएको छैन । छिट्टै ई फाइभको फेसलिफ्ट मोडल भने आउने सम्भावना रहेको छ ।

यी दुई फारक ब्राण्डका कार एक अर्काका प्रतिस्पर्धी भने होइनन् । मूल्यका हिसावले ठूलै अन्तर रहेको कारको डिजाइन, साइज, ब्याट्री टेक्नोलोजी लगायतमा ठूलो अन्तरछ । तर, रेन्ज र मोटर पावर भने दुबैको उस्तैछ ।

नेपाली बजारमा एसपीजी अटोमोबाइल कम्पनीले ओमोडा/जेको ब्राण्डका गाडी बिक्री गर्दै आएको छ । दीपलका गाडी भने एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धिले नेपाल ल्याएको हो ।

सुरुमा ६० लाख रुपैयाँ मूल्य तोकेर ओमोडा ई फाइभ बिक्री सुरु भएको थियो । जबकी दीपल एस-०७ को मूल्य ७२ लाख रुपैयाँ तोकिएको थियो । अहिले यी दुबै एसयूभी त्योभन्दा कम मूल्यमा किन्न पाइन्छ ।


Back_to_top