काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रलाई सवारी साधन मुक्त क्षेत्र (भेहिकल-फ्री) जोन घोषणा गरेको छ ।
महानगरले ‘पाटन पाइलै पाइलामा’ भन्ने अभियान अन्तर्गत सम्पदा क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरेको हो ।
महानगरका मेयर चिरिबाबु महर्जनले पाटन दरबार क्षेत्रलाई चरणबद्ध रूपमा भेहिकल फ्री जोन बनाउन लागेको बताए।
पाटन क्षेत्रलाई दुई चरणमा भेहिकल फ्री जोन घोषणा गरिएको छ । पहिलो चरणमा ममदु गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायणमन्दिरसम्म र स्वठ चोकदेखि क्यालखु चोक भेहिकल फ्री जोन हुनेछन्।
यी क्षेत्रमा मंसिर १३, १७ र २० गते दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म, मंसिर २४ र २७ गते बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सवारी साधन प्रवेश निषेध गरिएको छ।
त्यस्तै, दोस्रो चरणमा तिछुगल्ली, मंगलबजार चोकदेखि चक्रबहिल चोकसम्म दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म निषेध गरिएको छ। सोही क्षेत्रमा पुस १६ र १९ गते बिहान ८ बजेदेखि ७ बजेसम्म सवारी साधन निषेध गरिएको छ।
महानगरका अनुसार तोकिएका दिनमाहरूमा आकस्मिक सेवाका सवारीसाधन प्रवेश गर्न दिइने छैन । यस क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने महानगरले जनाएको छ ।एका छन् ।

